जनप्रिय माविको स्वर्ण महोत्सवः पूर्व विद्यार्थीहरुको प्रभातफेरी, गुणस्तरीय र प्राविधिक शिक्षामा जोड

आर्थिक आवाज
पोखरा, ९ माघ । जनप्रिय माध्यमिक विद्यालय पोखराले विविध कार्यक्रम गरी स्वर्ण महोत्सव मनाइरहेको छ । यसैक्रममा बुधबार पूर्व विद्यार्थी मञ्चको आयोजनामा पोखरामा प्रभातफेरी निकालिएको छ । जनप्रियको प्राङगणबाट सुरु भएको प्रभातफेरीले पोखराका विभिन्न ठाउँ परिक्रमा गरी पुनः विद्यालयमा पुगेर औपचारिक कार्यक्रममा परिणत भएको पूर्व विद्यार्थी तथा पोखरा उद्योग वाणिज्य संघका महासचिव अर्जुन पोखरेलले जानकारी दिए ।

उक्त अवसरमा पूर्व विद्यार्थीहरुको पुनर्मिलन कार्यक्रमसमेत भएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पूर्व विद्यार्थी तथा प्रदेशसभा सदस्य विन्दुकुमार थापाले सामुदायिक विद्यालयको शिक्षालाई गुणस्तरीय बनाउनुपर्नेमा जोड दिए । सामुदायिक विद्यालयको शिक्षालाई गुणस्तरीय बनाउन आफ्नो तर्फबाट पनि सक्दो पहल गर्ने उनले प्रतिबद्धता जनाए ।

कार्यक्रममा पूर्व सांसद तेजकुमारी पौडेल, वडा अध्यक्ष रुद्रनाथ बराल, पोखरा उद्योग वाणिज्य संघका महासचिव अर्जुन पोखरेल लगायतले बोलेका थिए । बोल्ने वक्ताहरुले अबको शिक्षा प्राविधिक खालको हुनुपर्नेमा जोड दिए । युवाहरुलाई विदेश पलायन हुनबाट रोकेर स्वरोजगार बनाउन र उत्पादनतिर लगाउन प्राविधिक शिक्षा आवश्यक रहेको उनीहरुको भनाइ छ । कार्यक्रममा पूर्व प्रधानााध्यापकहरुलाई सम्मान गरिएको थियो ।

MANASLU

बिहीबार स्वर्ण महोत्सवको औपचारिक समापन कार्यक्रम राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाको प्रमुख आतिथ्यतामा हुने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार गिरीले जानकारी दिए ।

सम्बन्धित खवर
baba hardware
टिप्पणिहरु
Loading...