जनवरी १ मा ७ औं अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाउने।

पोखरा । विगत ६ वर्षयता नेपाली युवाले अंग्रेजी नयाँ वर्ष  अर्थात् जनवरी १ तारिखलाई ढाका टोपी दिवसका रुपमा मनाउँदै आएका छन् । यो वर्ष ७ औं दिवस हो । नेपाली टोपी प्रतिष्ठान गण्डकी प्रदेशले पनि पुस १६ गते अर्थात जनवरी १ तारिखका दिन गण्डकी प्रदेश भरी सो दिन ढाका टोपी लगाएर नेपाली टोपी दिवस मनाउन आग्रह गरेको छ।
नेपाली टोपी दिवस मनाउनुको प्रमुख उद्देश्य, नेपाली टोपीलाई विश्वभर फैलिएका नेपाली नागरिक एवं नेपालीमूलका नागरिकहरुको अन्तर्राष्ट्रिय पहिचानका रुपमा स्थापित गराउनु र राष्ट्रियता वचाउनु रहेको प्रतिष्ठान गण्डकी का अध्यक्ष महेश्वर सिंह भण्डारी वताउछन्।
ढाका टोपी नेपाली पहिचान हो। नेपाल भाषामा काँचो धागोलाई कचिका भनिन्छ । महिलाले कपाल बाट्दा लगाउने अलंकारिक धागोलाई सचिका भनिन्छ। म्हपुजा र भाइटीका गर्दा लगाउने काँचो धागोको एक किसिमको मालालाई जजंका भनिन्छ । त्यसैगरी कपडाको टोपी बुन्न प्रयोग गरिने एउटा विशेष प्रकारको धागोलाई धाका भनिन्छ । धाकाबाट बुनिएको टोपीलाई धाका तपुलि भनिन्छ जसलाई खसभाषामा ढाका टोपी भन्ने गरिएको हो ।
ढाका टोपीको ढाका शब्दलाई बंगलादेशको राजधानी ढाकासँग जोडेर ढाका टोपीलाई नेपालको आफ्नै होइन, आयातित हो, बंगलादेशको राजधानी ढाकाबाट ल्याइएको कपडा वा प्रविधिबाट उत्पादित कपडाबाट बनेको हो भनेर गलत प्रचार गरिएको छ। जून एउटा अपभ्रम र मिथ्या मात्रा हो।
भिजिट नेपाल २०२० को शुभारम्भको दिन संगसंगै परेको समयमा प्रतिष्ठान गण्डकीले उक्त दिन प्रदेशका माननीय प्रदेश प्रमुख, माननीय मुख्यमन्त्री तथा माननीय मन्त्री हरुलाई नेपाली टोपी लगाएर टोपी दिवस मनाउनेछ। त्यस्तै पोखरा विमानस्थल वाट पोखरा भित्रिने अन्तर्राष्ट्रिय पर्यटक हरुलाई पनि स्वागत स्वरुप नेपाली ढाका टोपी लगाएर न्यानो स्वागत गर्ने कार्यक्रम रहेको प्रतिष्ठानका सचिव सचिन रानाभाटले जानकारी दिए।
टोपी लगाऔं राष्ट्रियता जोगाऔं भन्ने उदेश्यका साथ यसपाली टोपी दिवस मनाउने सचिव रानाभाटले वताए। उनले भने प्रदेश सरकार र समकक्षी मन्त्री समक्ष मौन रुपमा  लिपुलेक र कालापानी बचाउन सरकारलाई तत्काल थप कदम चाल्न अनुरोध समेत गर्ने छ।
You might also like

Comments are closed.