जनसेवी लघुवित्तको मुनाफा ३२ लाख

पोखरा, १२ मंसिर ।

पर्वतको कुश्मामा केन्द्रीय कार्यालय रहेको जनसेवी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३२ लाख बराबरको मुनाफा आर्जन गरेको छ । १० जिल्ला कार्यक्षेत्र (पर्वत, बागलुङ, म्याग्दी, रुकुम, रोल्पा, गोरखा , तनहुं, लमजुङ, कास्की र गुल्मी) भएको यस संस्थाले हाल २१ वटा शाखा कार्यालय मार्फत लघुवित्त सेवा प्रवाह गरी रहेको छ । हाल यस वित्तीय संस्थाको अधिकृत पूँजी रु ३० करोड, जारी पूंजी रु.१४ करोड रहेको छ भने चुक्ता पूंजी रु.९ करोड ८० लाख रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत कमल खत्रीले बताए ।

jutta mela

यस वित्तीय संस्थाले गरिब तथा न्यून आय भएको जनसमुदायमा समूह विस्तार गरी १२,२४६ जना ग्राहक सदस्यबाट २०७५ कार्तिक मसान्त सम्म रु.१४ करोड ३६ लाख ६२ हजार २० रुपैया बचत संकलन गरेको छ भने यस वित्तीय संस्थाले ७ हजार ३ सय ४७ जना सदस्यलाई रु १ अर्व,४४ करोड, ४३ लाख, ७२ हजार ५ सय कर्जा प्रवाह गरी रु ९५ करोड, ८३ लाख १३ हजार ५ सय ८१ असुली भई हाल रु ४८ करोड, ६० लाख, ५८ हजार ९ सय १९ रुपैया लगानीमा रहेको संस्थाले जनाएको छ ।

यस वित्तीय संस्थाले सर्बसाधारणका लागी ४ करोड ६३ लाख ३० हजार रुपैया बराबरको सेयर निस्कासन गर्न धितोपत्र बोर्डमा स्वीकृतीका लागी निवेदन दर्ता गरी सकेको संस्थाका प्रमुख कार्यकारी अधिकृत खत्रीले जानकारी दिए ।

यस वित्तीय संस्थाले स्वीकृत कार्यक्षेत्र भित्र शाखा विस्तार गरी हाल सम्म २५ वटा शाखा कार्यालय पु¥याइसकेको छ । निकट भविस्यमै यस वित्तीय संस्थाले थप कार्यक्षेत्रको रुपमा ५ जिल्ला (स्याङ्जा, पाल्पा, मकबानपुर, दाङ र चितवन) लाई कार्यक्षेत्र थपको प्रस्ताब सहित स्वीकृतीका लागी नेपाल राष्ट्र बैंक समक्ष निवेदन पेश गरेको छ ।

You might also like

Comments are closed.