आर्थिक आवाज
पोखरा । जनसेवी लघुवित्त संस्था कुश्मा र मालिका गाउँपालिका म्याग्दीबीच ग्रामीण विपन्न समूदायको क्षमता अभिबृद्धि गर्नका लागि आम्दानीमुलक व्यवसाय संचालनमा वित्तीय सेवा प्रदान गर्ने संझौता भएको छ । गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका मगर र जनसेवी लघुवित्तका प्रमुख कार्यकारी अधिकृत कमल खत्रीबीच समझदारीमा सम्झौता भएको छ ।
गाउँपालिका र जनसेवी दुबैको संयुक्त आर्थिक तथा प्राविधिक सहयोगमा ग्रामीण भेगमा क्षमता अभिबृद्धि तथा सीपमुलक विभिन्न तालिमहरु प्रदान गर्ने, महिला जागरण, आयआर्जन तथा महिला सशक्तीकरणका कार्यक्रमहरु संचालन गर्ने, गाउँपालिकाले उत्कृष्ठ व्यवसायी तथा कृषकहरुलाई अनुदान प्रदान गर्ने तथा आपसी सहकार्यमा भएको परियोजनाहरुलाई नमूना परियोजनाको रुपमा बिकसित हुने गरी कार्य गर्ने आदी सहमति गरिएको बताइएको छ ।
आम्दानी मुलक व्यवसाय संचालनमा आवश्यक लगानीका लागि गाउँपालिकाले जनसेवी समक्ष सिफारिस गरी पठाउने, यसरी सिफारिस गरी पठाएका कृषकहरुलाई जनसेवी लघुवित्तले सामुहिक जमानी तथा धितोमा संस्थाको नीति बमोजिम आवश्यकता हेरी वित्तीय सेवा प्रदान गर्ने रहेको छ ।
Comments are closed.