जनसेवी लघुवित्त वित्तीय संस्थाकोे त्रैमासिक समिक्षा गोष्ठी

आर्थिक आवाज
पोखरा । पर्वतको कुश्मामा केन्द्रीय कार्यालय रहेको जनसेवी लघुवित्त वित्तीय संस्थाले दोश्रो त्रैमासिक समिक्षा गोष्ठी सम्पन्न गरेको छ । संस्थाका संचालक मेघनाथ सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत कमल बहादुर खत्री, नायब कार्यकारी अधिकृत फणिन्द्र पाण्डे, वरिष्ठ प्रवन्धक केशव नारायण प्रधान, सहायक प्रवन्धक हर्ष बहादुर स्याङतान, का.मु. वरिष्ठ अधिकृत कृष्णप्रसाद शर्मा सहित २५ वटा शाखा कार्यालयहरुबाट सहभागी शाखा प्रमुखको सहभागिता थियो ।

कार्यक्रमको सहजीकरण नायब कार्यकारी अधिकृत फणिन्द्र पाण्डे, सहायक प्रवन्धक हर्ष बहादुर स्याङतान र का.मु. वरिष्ठ अधिकृत कृष्ण प्रसाद शर्माले गरेका थिए । २५ वटा शाखाका शाखा प्रमुखले शाखाहरुको अबस्थाबारे प्रकाश पारेका थिए । शाखाबाट आएका सुभाव÷गुनासाहरुको बारेमा प्रमुख कार्यकारी अधिकृत कमल बहादुर खत्री र नायब कार्यकारी अधिकृत फणिन्द्र पाण्डेले स्पस्ट पारेको बताइएको छ ।

संस्थाले १० जिल्लामा २५ वटा शाखा कार्यालयहरु मार्फत १३ हजार २ सय ४ जना सदस्यहरुबाट रु १५ करोड ४८ लाख ८७ हजार ७ सय ७५ रुपैयाँ बचत संकलन गरेको छ । ७ हजार ४ सय ६८ जना सदस्यहरुलाई १ अर्ब ६० करोड २८ लाख ८२ हजार ५ सय रुपैयाँ कर्जा प्रवाह गरेको विज्ञिप्तिमा उल्लेख छ ।

jutta mela

संस्थाले १ अब ८ करोड ७५ लाख १८ अजार ८६ रुपैयाँ असुली गरी हाल ५१ करोड ५३ लाख ६४ हजार ४ सय १४ रुपैयाँ लगानीमा छ । दोश्रो त्रैमासमा संस्थाको नाफा ७९ लाख २५ हजार रुपौयाँ रहेको प्रमुख कार्यकारी अधिकृत कमल बहादुर खत्रीले जानकारी दिए ।

You might also like

Comments are closed.