जन्मदिनमा वृद्धाश्रमलाई सहयोग

पोखरा, ५ चैत
अधिकांश युवा माझ केक काटेर र भोजभतेर खाएर जन्मदिन मनाउने चलन भेटिन्छ । परिवार, साथिभाई र आफन्तहरुलाई वोलाएर रमाईलो गर्दै जन्म दिन मनाउनेलाई शुभकामना दिने गरिन्छ । तर पोखरा महानगरपालिका ५ मालेपाटनका २५ बर्षिय युवक प्रेम गुरुडले वेसहारा वृद्धवृद्धालाई खाद्यान्न र भौतिक सामाग्री दिएर आफ्नो जन्मदिन मनाएका छन् ।

मालेपाटन युनाईटेड क्लवका अध्यक्ष समेत रहेका प्रेम गुरुडले जन्मदिनमा रमाईलो गर्ने खर्चले पोखरा १८स्थित वाच्छिवुडुवाका वृद्धवृद्धालाई गर्मिमा आवश्यक पंखा, चाउचाउ, जुस लगायतका सामाग्री सहयोग गरेका हुन् । गुरुडले वृद्धाश्रमलाई ६ थान पंखा, दुई कार्टुन चाउचाउ र एक कार्टुन रियल जुस वृद्धाश्रमका सचिव पण्डित युवराज वाग्लेलाई मंगलवार हस्तान्तरण गर ।

वुवा जगतवहादुर गुरुड र आमा सुकुन गुरुडका कान्छा छोरा गुरुडले जन्मदिनको नाममा तडकभड्क र फजुल खर्च गर्ने परिपाटीको अन्त्य गरी वेसहारा मानिसलाई सेवा गर्ने संस्कारको विकास गर्न वृद्धाश्रमलाई सहयोग गरेको वताए ।

You might also like

Comments are closed.