जन्मोत्सवको अवसरमा पौडेलले गरे सामाजिक कार्य

पोखरा, २४ बैशाख

आफ्नो जन्मोत्सवको अवसरमा जनक पौडेललेसोमबार पोखरा–१८ मा अवस्थित बात्स्यायन बृद्धाश्रममा सहयोग गरेका छन् । पौडेलले वृद्धाश्रममा रहेका बृद्ध बृद्धाहरुलाई जनक पौडेलले खाना पकाउने राईसकुकर तथा फलफूल सामाग्रीहरु वितरण गरेका छन् ।

बृद्धाश्रममा रहेका २५ जना बृद्ध बृद्धाहरुको लागि खाना पकाउनको लागि समस्या भएको जानकारी पाएपछि पौडेलले ३५ जनालाई खाना पकाउन सकिने राईसकुकर तथा जुस प्रदान गरेका थिए पौडेलले आफुले फजुल खर्चमा गरिने वर्थ डे पार्टी को रकमलाई सामाजिक कार्यमा खर्च गर्दा यसले सहयोग मात्र नभई मनमा समेत शान्ति मिलेको जनाए । त्यसैगरी अन्यलाई पनि आफ्नो जन्मोत्सवको अवसरमा गरिने पार्टीको खर्चलाई व्यवस्थित गरेर सामाजिक कार्यमा खर्च गर्न आग्रह गरे ।

बृद्धाश्रमका सचिव युवराज बाग्लेले यो सहयोगले आफू लगायत बृद्धाश्रममा रहनुभएका सम्पूर्ण बुबाआमाहरु खुसी भएका जानकारी दिए । यस सहयोगले अन्य महानुभावहरुलाई समेत सकरात्मक सन्देश दिने समेत उनले बताएका थिए ।

फलेवास नगरपालिका वडानं. १ मा जन्मिएका पौडेलले आफ्नो कर्मथलो पोखरा–५ मालेपाटन हो ।जन्मोत्सवको बाहाना पार्दै विभिन्न पार्टी र कार्यक्रम गर्नेहरुलाई पौडेलको यो अनुकरणीय कार्यले पाठ सिकाएको छ ।

You might also like

Comments are closed.