जन्म दिनमा गुरुकुलका विद्यार्थीलाई सहयोग

पोखरा । पोखरा नयाँबजारका सुदन सापकोटाले जन्मदिनको अवसरमा विन्ध्यवासिनी गुरुकुल विद्याश्रमका बटुकहरुलाई सहयोग गरेका छन् । करिब २० हजार रुपैयाँ बराबरको पोशाक सापकोटाले सोमबार वितरण गरेका हुन् ।

पोखराको बिरौटास्थित फिस्टेल एकेडेमीमा कक्षा ६ मा अध्ययनरत सुदनले सामाजिक काम गरेर जन्मदिन मनाउने लक्ष्यसहित गुरुकुलका विद्यार्थीलाई सहयोग गरेका हुन् । उनले आफ्ना अभिभाबकसहित गुरुकुल पुगेर सहयोग गरे । छोराको चाहना अनुसार सहयोग गरिएकोे आमा उमा सापकोटाले जानकारी दिइन् ।

happy birthday sudan babu. Good job.

Gepostet von Surendra Paudel सुरेन्द्र पौडेल am Dienstag, 6. August 2019

You might also like

Comments are closed.