जय मनकामना सहकारीमा अधिकारी

आर्थिक आवाज
पोखरा, ५ असोज ।

जय मनकामना बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा सञ्जयकुमार अधिकारी निर्वाचित भएका छन् । सहकारकिो १८औं साधारणसभा तथा नवौं अधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको हो ।

सहकारीको उपाध्यक्षमा नविन भण्डारी, सचिवमा कमल बहादुर बस्नेत, कोषाध्यक्षमा बुद्धिबहादुर खत्री क्षेत्री चयन भएका छन् । सदस्यहरुमा कमलबहादुर थापा, धर्ममान सिं भण्डारी, राजु के.सी, झलकबहादुर के.सी, राजुबहादुर भण्डारी, पूर्णबहादुर बानियाँ, डम्बरमान सिं भण्डारी, रमेश बहादुर पाण्डे, बेदकुमारी भण्डारी चयन भएका छन् ।

लेखा समितिको सदस्यमा स्वागत सिं भण्डारी, सुशील कुमार श्रेष्ठ र रामजी सि.के छन् । सहकारीको उपाध्यक्ष र लेखा समिति संयोजक निर्विरोध चयन भएपनि अन्य पदमा भने निर्वाचन भएको थियो ।

यस अघि कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका वडा नं १९ का वडा अध्यक्ष शोभामोहन पौडेलले सहकारीको विकासले स्थानीय क्षेत्रको पनि विकास भएको बताए । ऊर्जा लगायत उत्पादनमुलक क्षेत्रमा सहकारीहरुले लगानी गर्नुपर्ने उनको भनाइ छ । कार्यक्रममा सहकारीका सल्लाहकार पुष्पेन्द्र पाण्डे, लेखा समिति संयोजक सुरेन्द्रमान सिं भण्डारी, शेयर सदस्य दुर्गादेवी बस्नेत, मदन बहादुर के.सी लगायतले बोलेका थिए ।

सहकारीका अध्यक्ष नारायण प्रसाद पौडेलको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रमको संचालन नविन  भण्डारीले गरेका थिए ।कार्यक्रममा उत्कृष्ट कर्मचारी, असल कारोबारी, असल बचतकर्ता, उत्कृष्ट बचतकर्ता तुलबहादुर वानियाँ लगायतलाई सम्मान गरिएको थियो । कर्जा तथा बजार अधिकृत पदमपाणी देवकोटा, वरिष्ठ सहायक सुमनराज पौडेल, कनिष्ठ सहायक रिना गुरुङ, बजार प्रतिनिधी रञ्जना नेपाली, असल कारोवारी रेशम वानियाँ, उत्कृष्ट लघुवित्त केन्द्र प्रमुख शान्तीकुमारी श्रेष्ठ, उत्कृष्ट लघुवित्त केन्द्र सदस्य सविता जिसी सम्मानित भएका हुन । शेयर पुँजी १२ करोड ४२ लाख रुपैयाँ रहेको सहकारीको जम्मा कारोबार करिब ५७ करोड रहेको सहकारीका म्यानेजर टंक अधिकारीले जानकारी दिए ।

You might also like

Comments are closed.