जर्मनी बैंकसँगको सम्झौताअनुसार ओमको कर्जा लगानी सुरु

पोखरा, २३ पुस । पोखरामा प्रधान कार्यालय रहेको ओम डेभलपमेण्ट बैंकले जर्मनीको केएफडब्ल्यू डेभलपमेण्ट बैंकसँगको सम्झौताअनुसार कर्जा लगानी शुरू गरेको छ । बैंकले हालै केएफडब्ल्यू डेभलपमेण्ट बैंकसँग विपन्न वर्गको आर्थिकस्तर उकास्ने क्षेत्रमा लगानी गर्नेसम्बन्धी सहमति गरेको थियो ।

सम्झौताअन्तर्गत केएफडब्ल्यूले ओमलाई सम्झौतामा तोकिएको क्षेत्र अन्तर्गत साना तथा मझौला उद्यममा ४० लाख रुपैयाँसम्म कर्जा लगानी गर्न १० वर्षको लागि रकम उपलब्ध गराउने ओमका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीले जानकारी दिए ।
साथै, कार्यक्रमका लागि आवश्यक कर्मचारी तालिम, शाखा कार्यालय तथा लगानी सम्भाव्यता अध्ययन कार्यका लागिसमेत सहयोग गर्ने अधिकारीले बताए ।

You might also like

Comments are closed.