जलकुम्भी झार निकाल्दै राहत लिदै जलाहारी समुदाय

 

पोखरा ।
फेवातालको सुन्दरता र संरक्षणमा चुनौती बनेको जलकुम्भी झार यतिखेर यहाँका जलाहारी समूदायका लागि भने राहत पाउने माध्यम बनेको छ ।

तालमा माछा पाल्ने, महाजाल थापेर तालका माछा छोप्ने र बजारमा बिक्री गरेर जीविकोपार्जन गर्दै आएका फेवाताल आसपासका जलाहारी समूदायका लागि जलकुम्भी झार झिक्नु यतिखेर दैनिकी जस्तो बनेको छ नै त्यसबाट प्राप्त राहतले बिहान बेलुकी छाक टार्न पनि सहयोगी बनेको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोक्नका लागि जारी बन्दाबन्दीसँगै माछा बिक्री हुन छोडेपछि चिन्तत बनेका जलाहारी समूदायका व्यक्तिका लागि फेवातालको सिरानमा सप्रेको जलकुम्भी झार निकाले काम रोजगारको राम्रै विकल्प बनेको हो ।

पोखरा महानगरपालिका सरसफाई महाशाखाको आर्थिक सहयोग एवम् वडा नं. १८ को समन्वयमा हर्पन मत्स्य सहकारी संस्थाद्वारा आयोजित कार्यक्रम अन्तर्गत माछापोखरी आसपासमा अवस्थित घोलमा मौलाएको जलकुम्भी झार निकालिएको हो ।

प्रत्येक बर्ष बर्षादको समयमा फेवाताललाई कुरुप बनाउने जलकुम्भी झारको मुख्य श्रोतको रुपमा रहेको सो क्षेत्रको एक किलोमिटर लम्वाई र २० मिटर चौडाईको क्षेत्रबाट पहिलो चरणमा झार निकालिएको हर्पन मत्स्य सहकारी संस्थाका अध्यक्ष इन्द्रबहादुर जलाहारीले जानकारी दिए ।उनका अनुसार महानगर सरसफाई शाखाको पहिलो चरणमा दुई लाख ६२ हजार रुपैयाँ प्राप्त भएको थियो । १५ दिनसम्म दैनिक ५० जनाको संख्याका मजदुरले काम गरेर जलकुम्भी झार सफा गरिएको हो । मानिससँगै डुङ्गाको सहायताले झार निकाल्ने गरिएको छ ।

“बन्दाबन्दीले भोकसंग संघर्ष गरिरहेका जलाहारी समूदायका लागि महानगरपालिकाले रोजगारी दिएर जीविकोपार्जनमा सहयोग गर्दै आएको छ,” उनले भने, “तालको सुन्दरता पनि बढने र जलाहारी समूदायको चुलो पनि तात्ने काम भएको छ ।”
दोस्रो चरणमा पनि महानगरबाट दुई लाख ६२ हजार रुपैया प्राप्त भएको बताउँदै उनले त्यसबाट अन्यत्र स्थानमा पैmलिएको जलकुम्भी झार निकाल्ने गरिएको बताए ।

उनका अनुसार जलकुम्भी झार निकाल्दा महिला एवम् पुरुषले दैनिक तीन सय ५० रुपैयाका दरले समान ज्याला पाउने गरेका छन् ।
जलाहारी समूदायका अगुवा ज्ञान बहादुर जलाहारीका अनुसार विगत लामो समयदेखि माछामा आधारित समूदायले फेवातालको जलकुम्भी र करौते झार श्रमदान गरि निकाल्दै आइएकोमा यस पटक भने महानगरले सहयोग गरेको छ ।
हर्पन खोलाको भङ्गालो खपौदीतर्पm आएपछि केजमा माछा पाल्ने व्यवसाय समेत संकटमा परेको छ । सहयोग पाउने हो भने तालमा आएर जलकुम्भी झार निकाल्न जलाहारी समूदाय तयार रहेको उनको भनाई छ ।स क्षेत्रमा जलाहारी समूदायलाई पहिलो चरणमा ६० परिवारलाई दुई हजार बराबरको राहत प्याकेज वितरण गरियो । छुटपुट रहेको केही परिवारलाई ३० बोरा चामल वितरण गरिएको पोखरा १८ का वडा अध्यक्ष रणबहादुर थापाले जानकारी दिए । गुणस्तर नेपाली संस्था मार्पmत बेल्जियम नागरिक सविनले पनि अप्ठेरोमा परेकालाई एक लाख रुपैया नगद प्रदान गरेका थिए ।

“फेवातालको सरसफाई पनि हुने र बन्दाबन्दीका अवस्थामा जलाहारी समूदायलाई राहात पनि पुग्ने हुँदा रोजगार प्रदान गर्दै राहत वितरण गरिएको हो” उनले भने, “तालको सिरान र दायाबाँया पानीका घोलमा देखिएको जलकुम्भी झार जलाहारी समूदायलाई परिचालन गरि निकाल्ने योजना छ ।”

You might also like

Comments are closed.