जसले बच्ची बचाउन कलेजो दान गरे

सुरेन्द्र पौडेल
समाजमा धेरैले धेरै किसिमका दान गर्छन् । कुनैकुनै दान यस्ता हुन्छन् जुन कुनै दानसँग तुलना गर्नै सकिँदैन । यस्तै महान दानवीर बनेर निस्किएका छन् समाजसेवी व्यक्तित्व चन्द्रकुमार केसी ।

म्याग्दीको बेनी नगरपालिका ८ का अगुवा सामाजिक कार्यकर्ता जसले लायन्समा लामो समय विभिन्न पदमा रहेर काम गर्दै आइरहेका छन् । उनै चन्द्रकुमार केसीले एउटी सानी बच्चीलाई बचाउन आफ्नो कलेजो दान गरेका छन् ।

मानवीय सेवाको यो उत्कृष्ट तथा उदाहरणीय कार्यमा आफूलाई समर्पित गरेर उनले इतिहासमा आफ्नो नाम स्वर्णिम अक्षरले मात्र लेखेका छैनन्, मृत्युसँग लडिरहेकी बालिकालाई जीवन दान पनि दिएका छन् ।

म्याग्दी अन्नपूर्ण गाउँपालिका ७ हिस्तानकी ९ महिने बालिका सियाना रन्तिजा पुनलाई केसीले आफ्नो कलेजो दान गरेका हुन् । भारतको दिल्लीस्थित गंगाराम अस्पतालमा १२ घन्टा लामो सल्यक्रिया पछि केसीको कलेजो निकालिएको छ । १९ घन्टा लामो सल्यक्रियापछि रन्तिजालाई केसीको कलेजो प्रत्यारोपण गरिएको छ । अहिले दुवै जनालाई आइसियुमा राखेर उपचार गरिरहेको बताइएको छ ।

You might also like

Comments are closed.