पोखरा, ९ फागुन ।
जाईका स्वयमसेवक केन्जीई सिहारा जोस्व नेपालमा ह्याण्डवल खेलको विकास र विस्तारमा सहयोग पुयाउने गरी दुई बर्षीय प्रशिक्षणको लागि नेपाल आएका छन् । नेपाल ह्याण्डवल संघको निमन्त्रणामा जाईकाले आव्हान गरेको ह्याण्डवल प्रशिक्षकमा केन्जी छनौटमा परि हालै पोखरा आईसकेको संघका अध्यक्ष तेज बहादुर गुरुङले बताए ।
जापान घर भएका केन्जीले नेपालको ह्याण्डबल खेलको विकास गराउन पोखरामा केन्द्रित भई देशका कुनै पनि ठाँउमा उनलाई प्रशिक्षणको लागि पठाउन सकिने अध्यक्ष गुरुङले बताए । उनले भने “केन्जी जुनियर कोच भएकोले हामीले बिद्यालय स्तर बाट ह्याण्डवल खेलको विकास गर्ने उद्धेश्यले विदेशी प्रशिक्षक मगाएका थियौं, अब उहाँको माग अनुसार देशका विभिन्न ठाँउमा पुगेर उनले प्रशिक्षण गराउनुहुन्छ, त्यो वातावरण हामीले मिलाउछौं ।”
केन्जी सहित नेपाल आएका एसटी एन्ड्रीज विश्व बिद्यालय जापानका प्राध्यापक टेट सुया ओहनोलाई बुधबार पोखरामा स्वागत गरिएको छ । कास्की जिल्ला ह्याण्डबल संघ र नेपाल ह्याण्डबल संघले संयुक्त रुपमा उनीहरुलाई खादा तथा मायाको चिनो प्रदान गर्दै स्वागत गरेको हो । संघका अध्यक्ष तेज बहादुर गुरुङ, संघका जिल्ला अध्यक्ष क्याप्टेन जग बहादुर गुरुङ लगायतले उनीहरुलाई खादा लगायर स्वागत गरेका हुन । साथै जापानिज टोलीले ११ थान ह्याण्डबल समेत प्रदान गरेको संघ कास्कीका बरिष्ठ उपाध्यक्ष चित्र थापाले बताए । आफुलाई नेपाल र नेपालको ह्याण्डबल खेलको विकास गराउने उद्धेश्यले नेपाल आएको केन्जीले बताए । यस अघि ३० पटक नेपाल आएका प्रा.ओहनोले नेपालमा सामाजिक कार्य संगै अब ह्याण्डबल खेलको बिकासमा आफुले सक्दो सुहयोग गर्ने बताए । उनी भूकम्प जादा समेत नेपाल आएर सहयोग गरेका थिए ।