जापानिज भाषा परीक्षा अनलाइनमार्फत अब पोखराबाटै

आर्थिक आवाज
पोखरा, ८ माघ । मोग सर्भिस प्राइभेट लिमिटेड नेपालले नेपालमै पहिलोपटक जापानिज भाषा परीक्षा अनलाइनबाट दिन पाउने व्यवस्था गरेको छ । अहिलेसम्म जापानिज भाषा परीक्षा कागजको प्रयोग गरेर लिने गरिएकोमा अबदेखि अनलाइनबाटै परीक्षा दिन पाउने मोग सर्भिसका प्रमुख कार्यकारी अधिकृत ओमहरि प्रजापतीले जानकारी दिए । अबदेखि पोखराबाट पनि अनलाइनमार्फत परीक्षा दिन सकिने उनले बताए ।

‘परीक्षाको नतिजा पनि तुरुन्तै थाहा पाउन सकिन्छ,’ उनले भने । अहिले जापानिज भाषा परीक्षा धेरैवटा सञ्चालनमा रहेको जानकारी दिदै उनले सबै परीक्षा कागजबाट दिइने र नतिजा आउन समय लाग्ने भएकाले अनलाइन परीक्षा प्रभावकारी हुने दावी गरे ।

विद्यार्थी तथा अन्य सेवाग्राहीलाई सजिलो र छिटो छरितो होस् भनेर मोग सर्भिस प्रालिले जापानको एनएसजी ग्रुपद्वारा सञ्चालित सर्टिफाई इन्कसँगको सहकार्यमा प्राक्टिकल जापानिज कम्युनिकेसन (पिजेसी ब्रिज) परीक्षा सुरु गरिएको प्रजापतीले जानकारी दिए । ‘अब परीक्षार्थीले परीक्षा सकिने वित्तिकै आफ्नो नतिजा थाहा पाउन सक्नेछन् भने दस दिनमै प्रमाणपत्र पाउनेछन्,’ उनले भने ।

MANASLU

जापानको अध्यागमन विभागले मान्यता दिएको यो परीक्षामा परिक्षार्थीले प्रत्येक हप्ता परीक्षा दिन पाउनेछन् । परीक्षा पोखरामा फेब्रुअरी १६ देखि सञ्चालनमा आउने प्रजापतीले जानकारी दिए । जापानिज भाषा परीक्षामा प्रयोग हुने ‘एनफाइभ’ देखि ‘एनथ्रि’ लेभलसम्मको जाँच एकैपटकमा गर्न सकिने बताइएको छ ।

सन् १९७६ स्थापना भएको एनएसजी ग्रुपले परीक्षा सञ्चालन गर्ने सर्टिभाई इन्क सहित तीनवटा विश्वविद्यालय र तीसवटा कलेज सञ्चालन गरेको छ । सर्टिफाई इन्कले १९८३ देखि अहिलेसम्म तीस लाख परीक्षा सञ्चालन गरिसकेको इन्कका डाइरेक्टर मासाको किमुराले जानकारी दिए । पिजेसी परीक्षा सन् २०१३ बाट सुरु गरेको सर्टिफाई इन्कले २०१५ बाट पिजेसी ब्रिज परीक्षा सञ्चालन गर्न सुरु गरेको हो । हाल सातवटा विभिन्न क्षेत्रमा २७ वटा विषयको परीक्षा लिदै आएको छ ।

सम्बन्धित खवर
baba hardware
टिप्पणिहरु
Loading...