काठमाडौं ।
जापानी कम्पनी होन्डा मोटर्स पनि इलेक्ट्रिक सेगमेन्टमा प्रवेश गरेको छ । कम्पनीले हालै युरोपमा होन्डा ई कम्प्याक्ट मोडल सार्वजनिक गरेको छ ।
सो कार पुरै सिटी ड्राइभिङका लागि निर्माण गरिएको छ । कम्पनीले टेस्लाको मोडल ३ सेडान कार र औडी एजी जस्तै लामो ड्राइभिङ रेन्ज एसयूभीमा फोकस गरेको छ ।
इलेक्ट्रिक कारको ब्याट्रीमा उच्च लागत लाग्ने भएकाले इलेक्ट्रिक साधन निकै महँगो हुने गरेको छ । सो कुरालाई ध्यानमा राखेर होन्डा ईमा टेस्ला मोडल ३ को तुलनामा ब्याट्री क्षमता आधा गरिएको छ । जसले सिंगल चार्जमा २८० किलोमिटरको दुरी तय गर्ने क्षमताको रहेको छ ।
होन्डाका मुख्य अभियन्ता टोमोफुमी इचिनोसका अनुसार उच्च क्षमताको ब्याट्री शहरी क्षेत्रमा ड्राइभिङको समयमा पुरा प्रयोग नहुने र शहरी क्षेत्रमा सानो कार राम्रो विकल्प हुन सक्छ ।
होन्डा ईको डिजाइन ह्यान्डलिङलाई प्राथमिकता दिइएको छ । सो कार सानो गल्लीमा पनि सजिलै यु टर्न गर्न सक्छ । यसमा साइड मिरर हटाइएको छ । यसको स्थानमा इन्टेरियर डिस्प्ले समावेश गरिएको छ ।
हाल होन्डा ईमा २ ढोका रहेको छ । यसको मूल्य ३३ हजार युरो अर्थात् करिव ४६ लाख रुपैयाँ रहेको छ ।
सो मोडल युरोप र जापानमा मात्र बिक्री गरिनेछ । जहाँ यसको बिक्री अक्टोबरदेखि सुरु गरिनेछ । कम्पनीले सो कार युरोपमा १० हजार र घरेलु बजारमा १ हजार युनिट बिक्री हुने अनुमान गरेको छ ।
Comments are closed.