जाल्पा लघुवित्तको आयोजनामा झोल सावुन बनाउने तालिम

पोखरा, १७ बैशाख

जाल्पा लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय दुईपिप्ले, लमजुङले ग्राहक सदस्यहरुका लागि झोल सावुन बनाउने तालिमको आयोजना गरेको छ ।

मध्य नेपाल नगरपालिकाका उपप्रमुख राजकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा वोल्दै श्रेष्ठले लघुवित्तले गरेको कामको प्रशंसा गरे साथै आगामी दिनमा पनि महिलाका लागि यस्ता कार्यक्रम गर्नुपर्ने बताए । कार्यक्रममा मध्य नेपाल नगर पालिका वडा नं. ४ का वडा अध्यक्ष निर्मल गौतम, शाखा कार्यालय दुईपिप्लेकी शाखा प्रबन्धक अम्बिका कुवँर लगायतले वोलेका थिए । कार्यक्रमको सञ्चालन सस्ंथाका कर्मचारी ज्ञानेन्द्र सापकोटाले गरेका थिए ।

जाल्पा लघुवित्त वित्तीय सस्ंथा लिमिटेड साविकको सृजना विकास केन्द्र सृजना बैंकिङ कार्यक्रम बाट रुपान्तरित भएर बनेको घ वर्गको वित्तीय संस्था हो । संस्थाले लघुवित्त कार्यक्रम संगसंगै ग्राहक सदस्यहरुको लागि विभिन्न ब्यवसायिक तथा क्षमता विकासका कार्यक्रम गर्दै आएको छ । यसै कार्यक्रमका बीच ग्राहक सदस्य हरुलाई वित्तीय सस्ंथाको क्यालेण्डर पनि वितरण गरिएको थियो ।

You might also like

Comments are closed.