जाल्पा लघुवित्तको वार्षिकोत्सवमा मानव सेवा आश्रम, सृजना बहिरा र राम आधारभूतलाई सहयोग

पोखरा । पोखरामा केन्द्रीय कार्यालय रहेको जाल्पा लघुवित्त वित्तीय संस्था लिमिटेडले कारोबार शुरु गरेको १ वर्ष पुरा गरेको छ । चैत्र १ गते आफ्नो प्रथम वार्षिकोत्सवको अवसरमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न संघ संस्थाहरुलाई सहयोग प्रदान गरेको छ ।

सृजना बालगृह, मानव सेवा आश्रम, सृजना बहिरा आवासीय माध्यमिक विद्यालय र राम आधारभूत विद्यालयलाई खाद्यन्य तथा शैक्षिक सामग्रीहरु वितरण गरी प्रथम वार्षिकोत्सव सम्पन्न भएको प्रमुख कार्यकारी अधिकृत अशोक आचार्यले जानकारी दिए ।

वित्तीय संस्थाले कारोबार थालेको १ वर्ष पुरा गरेको र यस अवधिमा वित्तीय संस्थाले सेवाग्रहीहरुको विश्वास जित्न सफल भएको आचार्यले बताए । संस्थाले गण्डकी प्रदेशका ६ जिल्लामा ३० वटा शाखा कार्यालयहरुबाट लघुवित्त सेवा प्रदान गरेको छ । हाल संस्था मर्जर प्रकृयामा रहेको र मर्जर पश्चात राष्ट्रिय स्तरको सवल र सक्षम लघुवित्त वित्तीय संस्था बनी देशका दुर्गम एवं ग्रामीण भेगहरुमा कार्यक्रम विस्तार गरी दीगो एवं ग्राहकमैत्री सेवा प्रदान गर्ने उद्देश्य राखेको उनले बताए ।

हाल संस्थाले ३६ हजार ग्राहक सदस्यलाई करिब १ अर्ब ३० करोड कर्जा प्रवाह गरेको छ । करिब ७५ करोड बचत संकलन गर्न सक्षम भएको आचार्यले जानकारी दिए ।

You might also like

Comments are closed.