जाल्पा लघुवित्तले ग¥यो श्रद्धाञ्जली सभा तथा २ लाख रुपैयाँ कर्जा मिनाहा

पोखरा, १५ जेठ

पोखरामा केन्द्रिय कार्यालय रहेको जाल्पा लघुवित्त वित्तिय संस्था लिमिटेड विरौटा शाखाले सृजना महिला विकास केन्द्र वाघमाराका सदस्यल सुर्यदेवी पौडेलको निधनमा श्रद्धाञ्जली सभा तथा राहत वितरण कार्यक्रम गरेको छ ।

सदस्य मृत्यु राहत सुविधा अन्तर्रगत मृतक पौडेलको २ लाख रुपैयाँ कर्जा संस्थाले मिनाहा गरेको छ । काजकिरिया खर्च वापत ५६ हजार रुपैयाँ प्रदान गरिएको र पौडेलले तिरेको किस्ता वापतको रकम १ लाख २२ हजार ५ सय ६० रुपैयाँ पचास पैसा पनि फिर्ता गरिएको संस्थाले जनाएको छ ।

 

कार्यक्रममा पोखरा महानगर ३३ का जनप्रतिनिधी शोभा नेपाली, विरौटा शाखाका शाखा प्रवन्धक केशव प्रसाद गजुरेल, केन्द्रिय कार्यालयका आन्तरिक लेखा परिक्षण विभाग प्रमुख धर्मदत्त आचार्य, केन्द्र प्रमुख ऋषीदेवी आचार्य लगायतको उपस्थिती थियो ।

कार्यक्रममा प्रमुख अतिथी शोभा नेपालीले मृतक प्रति श्रद्धाञ्जली तथा परिवारमा समवेदना प्रकट गरिन् । जाल्पा लघुवित्तले समाजमा पु¥याएको योगदान तथा महिलाको अवस्थामा ल्याएको सुधारका वारे पनि उनले चर्चा गरेकी थिईन् ।

समवेदना प्रकट गर्दै संस्थाका शाख प्रवन्धक केशव प्रसाद गजुरेलले पौडेलको व्यक्तीत्व साथै महिला सदस्य भई संस्थालाई पु¥याएको योगदानको चर्चा गरेका थिए । आन्तरिक लेखा परिक्षण विभाग प्रमुख धर्मदत्त आचार्यले संस्थाको परिचय सहित संस्थाले प्रदान गर्ने सेवा सुविधा तथा महिला शशक्तिकरणको वारेमा वोलेका थिए ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.