जाल्पा लघुवित्तले शुरु ग¥यो कारोवार

जाल्पा लघुवित्त वित्तीय संस्था लि., पोखरा, कास्कीले औपचारिक रुपमा कारोवार शुरु गरेको छ । चैत १ गतेदेखी एक कार्यक्रमका विच कारोवार शुरु गरेको हो ।

सञ्चालक समितिका अध्यक्ष, सञ्चालकहरु, सृजना विकास केन्द्रका अध्यक्ष, पदाधिकारीहरु तथा सल्लाहकार समितिका अध्यक्ष लगायत सदस्यहरु र कर्मचारीहरुको उपस्थितिमा औपचारिक शुभारम्भ गरिएको लघुवित्तका प्रमुख कार्यकारी अधिकृत अशोक कुमार आचार्यले जानकारी दिए ।

सो अवसरमा संस्थाका सञ्चालक समितिका अध्यक्ष अर्जुन श्रेष्ठले सृजना विकास केन्द्रले संस्थालाई हाल सम्म गरेको योगदान तथा सहयोगको लागि आभार प्रकट गर्दै आगामी दिनमा वित्तीय संस्थाले ग्राहक सदस्यहरुलाई गुणस्तरिय लघुवित्त सेवा उपलब्ध गराउनुको साथै सामाजिक कार्यहरुलाई पनि त्यत्तिकै महत्व दिएर अघि बढ्ने बताए । केन्द्रका अध्यक्ष मीन प्रसाद भट्टराईले वित्तीय संस्थाको उन्नति प्रगतिको लागि शुभकामना व्यक्त गर्नु भयो । वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत अशोक कुमार आचार्यले ग्राहक सदस्यमैत्री भई काम गर्ने, लगानीकर्ताको लगानीको सुरक्षाको लागि कार्य गर्ने तथा कर्मचारीहरुलाई दक्ष बनाउन आवश्यक तालिमहरु प्रदान गर्ने र आगामी दिनमा गण्डकी प्रदेशका सेवा विस्तार गर्न बाकी रहेका जिल्लाहरुमा वित्तीय संस्थाको सेवा विस्तार गर्ने लक्ष्य रहेको बताए

यस संस्थाले २०७५ कार्तिक ३० गते नेपाल राष्ट्र बैंक बाट १० जिल्ला कार्यक्षेत्र भएको “घ” वर्गको वित्तीय संस्थाको रुपमा इजाजतपत्रप्राप्त गरेको थियो । यस अघि यस संस्थाले सृजना विकास केन्द्र, सृजना बैकिङ कार्यक्रमको नामबाट वित्तीय मध्यस्थकर्ताको रुपमा लघुवित्त कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको थियो । यस संस्थाको चुक्ता पूँजी रू. ७ करोड रहेको छ भने सर्वसाधारणबाट रू. ३ करोड संकलन गरे पछि चुक्ता पूँजी रू. १० करोड पुग्नेछ ।
यस संस्थाको केन्द्रीय कार्यालय पोखरा–८, कास्कीमा रहेको छ भने कास्की, तनहु, गोरखा र लम्जुङ्ग गरी ४ वटा जिल्लाहरुमा २१ वटा शाखाहरु मार्फत ३२,४९० सदस्यहरुलाई एस.एम.एस. बैकिङ सुविधा सहितको लघुवित्त सेवा प्रवाह गर्दै आईरहेको छ । संस्थाको हाल रू. १ अर्व १० करोड कर्जा लगानीमा रहेको छ भने सदस्यहरुबाट रू. ६९ करोड १४ लाख बचत संकलन गरेको छ ।

You might also like

Comments are closed.