जाल्पा लघुवित्त वित्तीय संस्थाका अध्यक्ष श्रेष्ठले लिए सपथ

आर्थिक आवाज
पोखरा, २ पुस । जाल्पा लघुवित्त वित्तीय संस्था लि.का अध्यक्ष अर्जुन श्रेष्ठले सोमबार सपथ लिएका छन् । नेपाल राष्ट्रबैंक पोखरा कार्यालयका निर्देशक पोमनाथ गौतम समक्ष श्रेष्ठले पदभारको सपथ लिएका हुन् ।

वित्तीय संस्थाले गत कात्तिक ३० गतेबाट नेपाल राष्ट्रबैंकबाट ‘घ’ वर्गको वित्तीय संस्थाको स्वीकृति पाएको थियो । सृजना विकास केन्द्र सृजना बैंकिङ कार्यक्रमबाट रुपान्तरित भएर घ वर्गको वित्तीय संस्था बनेको हो । जाल्पा लघुवित्त वित्तीय संस्थाले आफ्नै नामबाट माघ पहिलो सातासम्ममा वित्तीय कारोबार सुरु गरिसक्ने संस्थाका मुख्य व्यवस्थापक दीवस ढकालले जानकारी दिए ।

footwear exchange
You might also like

Comments are closed.