जिल्ला सहकारी संघको अध्यक्षमा तिवारी, वरिष्ठ उपाध्यक्षमा गौतम, महिला उपाध्यक्षमा १ मतको अन्तर

सुरेन्द्र पौडेल
पोखरा, ३० पुस । जिल्ला सहकारी संघ कास्कीको अध्यक्षमा रविरमण तिवारी निर्वाचित भएका छन् । तिवारीले १ सय ५९ मत ल्याउदा प्रतिस्पर्धी तोयानाथ लम्सालको १ सय १८ मत आएको छ । काँग्रेस निकट तिवारीले गठबन्धनका साझा उम्मेदवार लम्साललाई पराजित गरेका हुन् । अध्यक्षमा तिवारी विजयी भएपनि अन्य पदमा गठबन्धनको वर्चश्व छ ।

वरिष्ठ उपाध्यक्षमा बलराम गौतम निर्वाचित भए । गौतमले १ सय ३८ मत प्राप्त गरेका छन् । प्रतिस्पर्धी हरिभक्त पौडेलको १ सय ३२ आएको छ । गौतम गठबन्धनका उम्मेदवार हुन् भने पौडेल लोकतान्त्रिक प्यानलबाट प्रतिस्पर्धामा थिए । महिला उपाध्यक्षमा लोकतान्त्रिक प्यानलकी सावित्री कोइराला १ मत बढी ल्याएर विजयी भएकी छन् । उनको १ सय ३५ मत आउँदा सन्तु सुवेदीको पक्षमा १ सय ३४ मत आएको छ ।

महासचिवमा गठबन्धनका छबिलाल लामिछाने विजयी भए । उनले १ सय ४४ मत प्राप्त गरेका छन् । प्रतिस्पर्धी ज्ञानेन्द्रलाल पौडेलको १ सय २९ मत प्राप्त भयो । कोषाध्यक्षमा गठबन्धनकै कृष्णप्रसाद बराल निर्वाचित भए । उनको १ सय ४५ मत आएको छ भने प्रतिस्पर्धी सीता गुरुङको १ सय २७ मत आएको छ ।

राष्ट्रिय प्रतिनिधिमा गठबन्धन प्यानलका तेजनारायण अधिकारी १ सय ४० मतले विजयी हुँदा प्रतिस्पर्धी सुरेन्द्रमणि पौडेलको १ सय २८ आएको छ ।

निर्वाचित सदस्यहरुमा गठबन्धन प्यानलबाट नवराज बराल, अम्बिका कुँवर र धर्मराज अर्याल विजयी भएका छन् । लोकतान्त्रिक प्यानलबाट दीपक बास्तोला, अम्बिका गौतम, संगीता गौतम विजयी भए ।

लेखासमिति संयोजकमा महेश्वर अधिकारी विजयी भएका छन् । सदस्यमा धर्म तमु र बिना लोहनी निर्वाचित भएका छन् ।  लेखा समितिमा विजयी सबै गठबन्धन प्यानलका हुन् । शनिबार पोखरामा सम्पन्न संघको ४४औं साधारणसभामा सहमतिको प्रयास भएपनि अन्त्यमा दुई प्यानलबीच चुनाव भएको थियो । प्राप्त मिश्रित परिणामले भने सहमतिको पक्षमा मतदाताहरु रहेको संकेत गरेको छ ।

यस्तो थियो दुई वटा प्यानल

You might also like
1 Comment
  1. Jhalak says

    बधाई शुभकामना संम्पूर्ण टिमलाई
    अव कृषिका काम र कुरा गरौं ।
    : श्री कमलेक्स ,पोखरा

Comments are closed.