जिल्ला सहकारी संघ कास्कीको रक्तदानमा ७५ युनिट रगत संकलन

चैत्र १८, पोखरा ।
“दिगो बिकास लक्ष्य प्राप्तीका लागि सहकारी” भन्ने मुल नाराका साथ कास्कीमा मनाउन लागिएको ६१ औ राष्ट्रिय सहकारी दिबसको अबसर पारेर आयोजना गरिएको रक्तदान कार्यक्रममा ७५ युनिट रगत संकलन भएको छ ।

जिल्ला सहकारी संघ कास्कीको आयोजना र रक्तसंचार केन्द्र पोखराको प्राबिधिक सहयोग रहेको रत्तदान कार्यक्रममा कास्कीका सहकारीकर्मीको उलेख्य सहभागिता रहेको थियो । रक्तदान कार्यक्रमको उद्घाटन गर्दै प्रदेश सभा सदस्य एबम् राष्ट्रिय सहकारी महासंघका संचालक प्रभा कोइरालाले सहकारी मार्फत धेरै कामहरु गर्न सकिने भएकोले सबैले हातेमालो गर्दै अगाडी बढ्नुपर्ने बताइन् । सहकारी ऐन आइसकेको र अब केहि कानुन बनाउनुपर्ने भएकोले सहकारीमैत्री कानुन बनाउन हर प्रकारले लाग्ने बताइन् । सहकारीकर्मीहरु सधै स साना कुरामा अल्झने र एक अर्कालाइ दोष देखाएर पन्छिने गरेको प्रशंग कोट्याउदै उनले भनिन् , “ अब दोष देखाएर हैन काम देखाएर अगाडी बढ्नु पर्ने बेला आएको छ” ।

६१ औ राष्ट्रिय सहकारी दिबस मुल आयोजक समितिका कास्कीका अध्यक्ष एबम् जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष रबिरमण तिबारीको अध्यक्षतामा भएको कार्यक्रममा संघका बरिष्ठ उपाध्यक्ष बलराम गौतम ,महिला उपाध्यक्ष एबम् रक्तदान कार्यक्रम संयोजक साबित्रि कोइराला, संगिता कोइराला तिमिल्सीना लगायतले बोलेका थिए भने कार्यक्रमको संचालन छबि लामिछानेले गरेका थिए । राष्ट्रिय सहकारी दिबसको कार्यक्रम अन्र्तगत १९ गते सरसफाइ ,२० गते प्रभात फेरि ¥याली, सहकारी सभा र साझ दिप प्रजलनको कार्यक्रम रहेको आयोजकले बताएकाछन् ।

You might also like

Comments are closed.