जिल्ला सहकारी संघ लि.कास्कीको ४५औँ वार्षिक साधारण सभा सम्पन्न

पोखरा, १४ पुस

जिल्ला सहकारी संघ लि कास्कीको ४५औँ वार्षिक साधारण सभा संघका अध्यक्ष रविरमण तिवारीको अध्यक्षतामा तथा
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रि  लेखबहादुर थापाको प्रमुख आतिथ्यतामा शुक्रवार सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी थापाले जिल्ला सहकारी संघले सरकारले ल्याएका निति तथा कार्यक्रमलाई जिल्ला भरि रहेको सहकारी संस्थाहरुको सहभागितामुलक कार्य गर्ने अगुवाईको नेतृत्व लिनुपर्ने बताए । यसैगरी कृषि तथा उत्पादनमुखी क्षेत्रमा लगानीका लागि उत्पे्ररणा थप गर्ने सहकारी संस्थाहरुले उत्पादन गरेको बस्तु तथा सेवा विक्रि वितरण, सहकारी संस्थाको अनुगमन प्रत्यक्ष रुपमा गाउँपालिकामा रहेको सहकारी संस्था उक्त सहकारी संस्थामार्फत तत्थ्याङक संकल तथा सहकारीहरुको छाता संघ प्रदेश सहकारी बैंकको भूमिका निर्वाह गर्नुपर्ने बताए । गणडकी प्रदेशमा सरकारी तर्फबाट अगाडी सारिएका पशुवधशाला, चिस्यानकेन्द्र, कृषि उपज संकलन जस्ता कार्यक्रमहरुमा सरकार संग सहकार्य गरी जिल्ला भरी रहेका सहकारी संस्थाहरुलाई अनुदान तथा सरल कर्जा तथा कर्जा उपयोगका बारेमा योजना बनाएर अगाडी बढ्नुपर्ने जस्ता विषयहरुमा संघको भूमिका हुनुपर्ने बताए ।

राष्ट्रिय सहकारी महासंघ नेपालका संचालक एवम् प्रदेश शांसद प्रभा कोइरालाले सहकारी मैत्रि ऐन, कानुन, तथा विनियमलाई सहकारी संघ संस्था संचालनमा अक्षरस लागु गर्नुपर्ने बताईन् । सहकारी संस्था दर्ता, संचालन तथा अनुगमनलाई न्यायिक रुपमा अगाडी बढाइने, ग्रामिण भेगमा रहेका भुमि हिन, पिछडिएका बर्ग अल्पसंख्यक लाई समेटेर सहकारीलाई अगाडी बढाउनुपर्ने, होमस्टेलाई सहकारी मार्फत संचालन, सहकारीको सात सिद्धान्त मूल्य मान्यता लाई आत्मसाथ राखी कृषि कार्यमा लगानी गर्दा अन्य कर्जामा लिने व्याज दर भन्दा केही कमी गर्नुपर्ने बताईन् ।

नेफ्स्कुनका संचालक भिम गुरुङ, केन्द्रिय दुग्ध सहकारी संघ लि, नेपाल लेखा समितिका संयोजक यूबराज पराजुलीले सहकारीले मात्र नेपाललाई दुधमा आत्म निर्भर बनाउन सक्ने धारणा राखे । कास्की बचत संघका अध्यक्ष सुदिप ढकालले सहकारी ऐन सहकारी मैत्री बनाउनुका लागि संम्वन्धित पक्षलाई अनुरोध गरे । सप्तगण्डकी दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष पुण्यप्रसाद पौडेल, कृषि सहकारी संघ लि, कास्कीका अध्यक्ष शिवजी कोइराला, कफि उत्पादक सहकारी संघ लि, कास्कीका अध्यक्ष आनन्द सुवेदी, कर्मचारी संचयकोष पोखराका शाखा प्रमुख दिलिपराज पौडेल, पोखरा महानगर सहकारी व्यवस्थापन समितिका अध्यक्ष तेजनारायण अधिकारी लगाएतले सहकारीको बारेमा आफ्नो धारणा व्यक्त गरेका थिए ।

कार्यक्रममा जिल्ला सहकारी संघ लि, कास्कीले संस्था संचालनमा आवश्यक पर्ने कर्मचारी प्रशासन, आर्थिक प्रशासन नियमावली पुनरलेखन, प्रभावकारी बैठक संचालन, उप–समिति निर्माण, अध्ययन, अवलोकन, भ्रमण, तालिम, गोष्ठी संचालन कार्यविधि तथा दुग्ध व्यवसाय संचालन, सदस्यता विस्तार, पर्व, दिवस संचालन विधि, संचालक समितिको बार्षिक प्रतिवेदन, आ।ब। २०७४÷०७५को बार्षिक लेखा परीक्षण प्रतिवेदन, लेखा समितिको तर्फबाट संयोजक महेश्वर अधिकारीद्धारा प्रस्तुत प्रतिवेदन, कोषाध्यक्षको प्रतिवेदन सर्वसम्मत रुपमा पारित गरेको छ ।

कार्यक्रममा स्वागत बरिष्ठ उपाध्यक्ष बलराम गौतम र महिला उप–समितिका संयोजक अम्विका कुँवरले सात सिद्धान्त बाचन गरेको थिए भने कार्यक्रम संचालन महासचिब छविलाल लामिछानेले गरेका थिए ।

You might also like

Comments are closed.