जिल्ला स्तरीय भलिवलको उपाधि विजेतालाई सम्मान

पोखरा, ३ माघ
लेखनाथमा आयोजित जिल्ला स्तरीय खुल्ला भलिबल प्रतियोगिताको उपाधि विजेता टोलीलाई स्पाइरल ग्यालेक्सी एकेडेमी मा. वि. ले सम्मान गरेको छ । लेखनाथ स्थित राइजि¨ युवा क्लबले आयोजना गरेको उक्त प्रतियोगितामा विद्यालय बाट सहभागी टोलीले आयोजक टिमलाई हराउँदै नगद २५ हजार शिल्ड सहित उपाधि जितेको थियो ।

टोलीलाई विद्यालयमा आयोजित कार्यक्रमका बिच सम्मान गरिएको हो । टोलीमा सहभागी रबिन घर्ति मगर, राजमान खड्का, हिक्मत शाहि, विबेक मित्रकोटि, अशोक थापा, सचीन नेपाली, केशब मल्ल, राजकुमार दर्जी लाई विद्यालयका प्राचार्य नारायण शर्मा चापागाई, सह प्रार्चाय सन्तोष गुरुङ, डिन रमेश ढकाल, अतिरिक्त विभाग प्रमुख सुमन पौडेल, शिक्षक कृष्ण अधिकारीले गरेका थिए । कार्यक्रममा बोल्दै प्राचार्य चापागाईले विद्यालयमा मात्र नभई अन्य क्षेत्रमा गएर पनि उत्कृष्ट भएको भन्दै खुसी व्यक्त गरे । उनले प्रतिभाशाली विद्यार्थीको कदर गर्न विद्यालयले कुनै कसर बाँकी नराख्ने समेत बताए । यस अघि उक्त विद्यालयले हिसानले आयोजना गरेको खेलकुद कार्यक्रममा उत्कृष्ट प्रर्दशन गर्दै उपाधी समेत जितेको थियो ।

You might also like

Comments are closed.