जीप र मोटरसाइकल ठोक्किदाँ मोटरसाइकल चालकको मृत्यु

तनहुँ, १३ बैशाख
पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–२ गाछेपानीमा सोमबार दुध बोक्ने जीप र मोटरसाइकल एक आपसमा ठोक्किदाँ मोटर साइकल चालकको मृत्यु भएको छ ।

पोखरातर्फबाट खैरेनीटारतर्फ आउँदै गरेको ग २ च ९६२२ नम्बरको जीप र बिपरित दिशाबाट जादैँ गरेको मे ५ प ९२१६ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदाँ मोटरसाइकल चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।

दुर्घटनामा इलाम माइजुमाई–३ प्वाङका २६ वर्ष को शैलेस लिम्डुम मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक लिम्डुम नेपाली सेनाको फुलबारी गुल्म पोखरामा कार्यरत रहेको छन् । दुर्घटनामा घाइते भएका उनको जिपी कोइराला श्वास प्रश्वास उपचार केन्द्रमा मृत्यु भएको हो ।

You might also like

Comments are closed.