जुत्ता व्यवसायी संघद्वारा शुभकामना आदानप्रदान तथा भित्तेपात्रो विमोचन

पोखरा, ३ बैशाख

जुत्ता व्यवसायी संघ कास्कीको आयोजनामा नयाँ बर्ष २०७६ को अवसरमा शुभकामना आदान प्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न भएको छ ।

पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नारायण कोइरालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा वोल्दै कोईरालाले व्यवसायीको हक हितका लागि व्यवसायिक संस्था अपरिहार्य भएको र उद्योग वाणिज्य संघले व्यवसायी  को संरक्षण गर्ने काम गर्दै आएको बताए ।

कार्यक्रममा सर्वेश्वर व्यवसायी समितिका अध्यक्ष सन्तोष पौडेल, संस्थाका सल्लाहकार दुर्गा सुवेदी, कोषाध्यक्ष कोपिला पौडेल लगायतले वोलेका थिए ।

संस्थाका अध्यक्ष पवित्र बहादुर नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत महासचिव मोहनराज पौडेल र संचालन सचिव हरि तिवारीले गरेका थिए ।

You might also like

Comments are closed.