जुत्ता व्यवसायी संघ कास्कीको साधारणसभा, व्यावसायिक र उद्यमशील बन्नुपर्नेमा जोड

आर्थिक आवाज
पोखरा, २८ पुस । ढोरपाटन नगरपालिका प्रमुख देव कुमार नेपालीले व्यावसायिक सोच नै असल नागरिकको पहिचान भएको बताउँदै सबैजना व्यावसायिक र उद्यमशील हुन आह्वान गरेका छन् । जुत्ता व्यवसायी संघ कास्कीको दोस्रो वार्षिक साधारणसभाको शनिबार उद्घाटनका अवसरमा बोल्दै नेपालीले सरकारको खुसी नेपाली, समृद्ध नेपालको अभियानलाई सार्थक बनाउन निजी क्षेत्र अपरिहार्य भएको र सो नारालाई व्यवहारमा लागू गर्न आफ्नो ठाउँबाट लागिपर्ने बताए ।

पोखरा उद्योग बाणिज्य संघका महासचिव अर्जुन पोखरेलले निजी क्षेत्र विना सरकारका योजना अधुरा हुने भन्दै जुत्ता व्यवसायीहरुलाई उच्च मनोवलका साथ काम गर्न र पोखरा उद्योग बाणिज्य संघले उद्यमी व्यवसायीका विषयमा हरपल लागिपर्ने बताए । पोखरा महानगरपालिकाका प्रवक्ता धन बहादुर नेपालीले कास्की जिल्लाभित्र रहेका सम्पूर्ण व्यवसायीका समस्याको माधानमा प्रतिवद्ध रहेको र अहिले व्यवसायमैत्री वातावरण निर्माणका लागि नियम कानुन बनाउन लागिपरेको बताए ।

कार्यक्रममा एनआइसी एशिया बैंकका क्षेत्रीय प्रबन्धक दीपेन्द्र शर्मा, पोखरा उद्योग बाणिज्य संघका सदस्य तारानाथ ढुङ्गाना, थोक व्यवसायी संघका अध्यक्ष टामलाल घिमिरे, पोखरा हस्तकला संघकी सचिव सीता गुरुङ लगायतले शुभकामना मन्तव्य राखेका थिए । महासचिव मोहनराज पौडेलले वार्षिक प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष कोपिला पौडेलले आर्थिक प्रतिवेदन पेश गरेका थिए । जुत्ता व्यवसायी संघ कास्कीका अध्यक्ष पवित्र बहादुर नेपालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत महासचिव मोहनराज पौडेल र कार्यक्रमको संचालन सचिव हरिश्चन्द्र तिवारीले गरेका थिए ।

You might also like

Comments are closed.