जुलोजिकल पार्क र वन निर्देशनालय गण्डकी प्रदेश बीच बन्यजन्तु उद्धारकेन्द्र स्थापनाका लागी सम्झौता

पोखरा २२ माघ ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेश सरकारको कार्यक्रम अन्तर्गत पोखरा ३१ स्थित पचभैयामा निर्माणधिन वन्यजन्तु उद्धार केन्द्र स्थापनाका लागी छुट्याइएको १ करोड ५० लाख बजेटका लागी जुलोजिक पार्क र वन निर्देशनालय गण्डकी प्रदेश बीच सम्झौता भएको छ । मंगलबार एक कार्यक्रमका बीच वन निर्देशनालय गण्डकी प्रदेश प्रमुख प्रकाश लम्साल र पोखरा जुलोजिकल पार्कका अध्यक्ष हिमालय बख्रेल बीच सम्झौता पत्रमा हस्ताक्षर गरी वन्यजन्तु उद्धार केन्द्रका लागी काम सुरु भएको हो ।

सम्झौता पत्रमा वन निर्देशनालयको तर्फबाट जिल्ला वन कार्यालय कास्कीका जिल्ला वन अधिकृत धनन्जय लामिछाने, उपसचिव केदारनाथ पौडेल, उपसचिव माधव प्रसाद वराल , सहायक वन अधिकृत हरिवंश न्यौपाने, लेखपाल हरिमाया देवकोटाले सम्झौता पत्रमा रोहवरका रुपमा हस्ताक्षर गरेका छन भने जुलोजिकल पार्क तर्फबाट महानगरपालिका– ३१ का अध्यक्ष कमल बहादुर थापा, पचभैया सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष तथा जुलोजिलक पार्कका उपाध्यक्ष बेदनाथ ओझा, चैनपुर सामुदायिक बनका अध्यक्ष तथा जुलोजिलक पार्कका उपाध्यक्ष रामकृष्ण ओझा, चायापानी चिसाकुना सामुदायिक बनका सदस्य तथा जुलोजिकल पार्कका सदस्य विष्णुकुमारी बरालले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

मंगलबार सम्झौता गरिएको बजेट रकमले वन्यजन्तु उद्धार केन्द्रमा मृगको इनक्लोजर, वन्यजन्तुका लागी पानी ट्याङकी, बांदरका लागी इनक्लोजर र विभिन्न इनक्लोजर सम्म पुग्ने गोरेटो बाटो निर्माणका लागी इष्टीमेट लागत कुल ९६ लाख २५ हजार २ सय ७ रुपैयाको निर्मााण सम्झौता भएको छ । जसमा मृगको इनक्लोजरमा ५० लाख ३६ हजार ७७ रुपैया, वन्यजन्तुका लागी पानी ट्याङकी निर्माणका लागी २ लाख ५ हजार ४ सय २८ रुपैया, वांदरको इनक्लोजरका लागी २७ लाख ३७ हजार ४ सय ५ रुपैया र विभिन्न इनक्लोजर सम्म पुग्ने गोरेटो बाटोका लागी १६ लाख ४६ हजार २ सय ९७ रुपैया छुट्याइएको छ । उक्त रकम बाहेक स्थानियको २० प्रतिशत जनसहभागीताबाट वन्यजन्तु उद्धार केन्द्रको पहिलो चरणको काम आगामी असार भित्रमा सम्पन्न गराइसक्नुपर्ने वन निर्देशनालय गण्डकी प्रदेश प्रमुख प्रकाश लम्सालले वताए ।

जुलोजिकल पार्कमा दोश्रो चरणमा मयुरको इनक्लोजर, घाइते बन्यजन्तुको उपचार कक्ष, विरामी तथा घाइते जनवार बोक्ने स्वचालित स्ट्रेचर, हिमालयन थारको इनक्लोजर, भालुको इनक्लोजर, उद्धार कक्षको प्रवेश द्धार निर्माणका लागी सम्झौता गरिने पोखरा जुलोजिक पार्कका अध्यक्ष हिमालय बख्रेलले जानकारी दिए ।

You might also like

Comments are closed.