पोखरा ।
वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले जुवा खेल्ने व्यक्तिहरुलाई पक्राउ गरेको छ । अवैध रुपमा जुवा तास खेल्ने खेलाउने गरेको आरोपमा प्रहरीले उनिहरुलाई जीत रियलस्टेट एण्ड हाउजिङ प्रा.लिको कोठाबाट पक्राउ गरेको हो ।
खानतलासीका क्रममा १ लाख ३६ हजार १ सय ७० रुपैयाँ पनि उनिहरुको साथबाट प्रहरीले वरामद गरेको छ । पक्राउ पछि कानुनी कारवाही अगाडी बढाईएको प्रहरीले जनाएको छ ।
फक्राउ पर्नेमा पोखरा महानगरपालिक १३ का ४२ बर्षीय जीवन नेपाली, ३५ बर्षीय ओमबहादुर नेपाली, पोखरा १० बस्ने ५४ बर्षीय देवीलाल तिमिल्सिना, पोखरा १४ बस्ने कृष्णहरी दवाडी र ओमबहादुर आले रहेकाछन् ।




Comments are closed.