जुवा तास सहित १० जना नियन्त्रणमा

पोखरा । पोखराको आलुमाइलाचोकमा जुवा खेलिरहेका १० जनालाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय धर्मेन्द्र श्रेष्ठको घरमा जुवातास खेलेको भन्ने गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलिले बिहीबार दिउसो १ बुक ताससहित १० जनालाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट ३ लाख ५७ हजार ५ सय ५० रुपैयाँसमेत प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेका सबैजना उपर थप अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।

You might also like

Comments are closed.