जेसिआइ पोखराले ग¥यो बाल सुधारलाई सहयोग

पोखरा, १२ फागुन

जेसिआइ पोखराले पोखरा महानगरपालिका–१८ सराङ्गकोटमा अवस्थित बाल सुधार माध्यमिक बिद्यालयमा आइतबार शैक्षिक सामाग्री वितरण गरेको छ । जेसिआइ पोखराको अभियान १ रुपैयाँ सिजन २ अन्तर्गत उक्त विद्यालयमा शैक्षिक सामग्रीको आवश्यकता महसुस गरेर शैक्षिक सामाग्री तथा पोशाक वितरण गरेको हो ।

शैक्षिक सामाग्री वितरण गर्दै जिल्ला प्रहरी कार्यलय कास्कीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक एस.पी ओमबहादुर रानाले भुलवस भएका गल्तीहरुले गर्दा यस ठाउँमा आउनु परेको भन्दै ती गल्तीहरुलाई सुधार गरेमा असल नागरिक बन्न सकिने बताएका थिए ।  विद्यालयका प्रधानाध्यापक विष्णुहरि तिमिल्सिनाले अन्जानमा बिभिन्न कारणले घटनामा संलग्न बालबालिकाहरुलाई सुध्रने मौका दिनका लागि विद्यालयको स्थापना गरिएको जानकारी दिए । उक्त विद्यालयमा १८ वर्ष मुनिका ६५ जना बालबालिकाहरु अध्ययनरत रहेका छन् ।

कार्यक्रममा पोखरा महानगरपालिका–१८ का वडाध्यक्ष रणबहादुर थापा, पोखरा महानगरपालिकाका सामाजिक महाशाखाका कल्पना सापकोटा, पोखरा जेसिजका पुर्व अध्यक्ष नारायणप्रसाद शर्मा, पोखरा जेसिसका पूर्व अध्यक्ष तथा नेपाल जेसिसका पूर्व उपाध्यक्ष गोविन्दप्रसाद देवकोटा लगायतले बोलेका थिए ।

उक्त शैक्षिक सामाग्री नव विद्यासदन स्टेशनरी, माछापुच्छ«े स्टेशनरी, हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्थाले सहयोग गरेको थियो भने पोशाक वविन टेलरिङ्गले उपलब्ध गराएको थियो ।  कार्यक्रम पोखरा जेसिजका अध्यक्ष सन्तोष शाहीको अध्यक्षतामा भएको थियो ।  सराङ्गकोटमै जेसिसको सहयोगमा निर्माण गरिएको मणिज्योती आधारभूत विद्यालयलाई जेसिसले वर्षेनी विद्यालयका गरिव तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्दै आएको छ ।

You might also like

Comments are closed.