जेसिआई पोखराको ‘गण्डकी युवा वक्ता’ प्रतियोगिता

पोखरा । युवाहरुको अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउने तथा उनीहरु भित्रको क्षमता विकास गर्ने उद्देश्यले जेसीआई पोखराले ‘गण्डकी युवा वक्ता २०१९’ वक्तृत्वकला प्रतियोगिता गर्ने भएको छ । मंसिर २८ गते दिउसो १ बजे नेपाल पर्यटन बोर्डको सभाहलमा प्रतियोगिता हुनेछ । जेसीआई पोखरा (पोखरा जेसीज) जेसीआई नेपाल तथा जेसीआई अन्तर्राष्ट्रियबाट सम्वन्धन प्राप्त युवाहरुको व्यक्तित्व र नेतृत्व विकास गर्ने एक प्रतिष्ठित संस्था हो ।

युवाको प्रतिभा तथा क्षमता पहिचानको लागि प्रतियोगिता गर्न लागिएको जेसिआई पोखराका अध्यक्ष सन्तोष शाहीले बताए । ‘जेसीआइ पोखराका बिगतका क्रियाकलापहरुबाट प्राप्त उपलब्धीले पनि यस प्रतियोगीतालाई सफल बनाउने छ भन्ने विश्वास लिएका छौं,’ उनले भने । नेपाल भ्रमण वर्ष २०२० को सफलताको लागि जेसीआई पोखराले पनि सहकार्य गर्ने उद्देश्य सहित ‘नेपाल भ्रमण २०२०ः सम्भावना र चुनौति’ विषयमा वक्तृत्वकला प्रतियोगिता गर्न लागिएको उनले बताए । ‘नेपाल भ्रमण वर्ष २०२० सम्बन्धमा सचेतना र प्रचार प्रसार पनि हुने कुरामा विस्वस्त पार्न चाहन्छौं,’ उनले भने ।

जेसिआई नेपालका राष्ट्रिय अध्यक्ष जेसीआई सिनेटर महेश पौडेललाई नेपाल सरकारले नेपाल भ्रमण वर्ष, २०२० मूल आयोजक समितिको कार्यकारिणी सदस्यमा नियुक्त गरेको छ । ‘नेपाल सरकारद्वारा घोषित नेपाल भ्रमण वर्ष २०२० लाई समेत प्रवद्र्धन गरी पर्यटन विकासमा यस प्रतियोगिताले थप टेवा पु¥याउने छ भन्ने विश्वास सहित जेसीआई पोखराले पनि संस्थागत रुपमा यहाँहरु समक्ष हातेमालो गर्दै सहकार्य गर्ने अवसर प्रदान गर्नुहुनेछ भन्ने अपेक्षा लिएको कुरा निवेदन गर्न चाहन्छौं,’ विज्ञप्तिमा भनिएको छ ।

नेपाल भ्रमण २०२०ः सम्भावना र चुनौति विषयमा सञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको बताइएको छ । १० जोड २ उत्तीर्ण वा सो सरह अध्ययनरत विद्याार्थीहरु सहभागी हुन पाउनेछन् । प्रतियोगितामा अध्ययनरत क्याम्पस, विद्यालय वा विश्वविद्यालयको सिफारिस पत्र, तथा परिचय पत्र अनिवार्य गरिएको छ । बिजेता÷उपबिजेता÷सह बिजेतालाई क्रमशः नगद ४० हजार, ट्रफी, प्रमाण पत्र, २५ हजार, प्रमाण पत्र र १५ हजार, प्रमाण पत्र पुरस्कार व्यवस्था गरिएको छ ।

You might also like

Comments are closed.