जेसिआई पोखराको वर्ष २०१९ को अध्यक्षमा शाही

पोखरा, ९ मंसिर ।

जेसीआइ पोखराको ३९ औं अधिवेशन तथा ४४ औ बार्षिक साधारण सभाले बर्ष २०१९ का लागि अध्यक्षमा जेसी सन्तोष शाहीलाई निर्बिरोध निर्वाचित गरेको छ । शनिबार पोखरामा भएको अधिवेशनले शाही सर्वसम्मत निर्वाचित भएका हुन् ।

समितिको कार्यकारीणी उपाध्यक्षमा मोहनप्रसाद अधिकारी, उपाध्यक्षहरुमा शंकर कँडेल, सन्तोष ओझा, सन्तोष कुमार रानाभाट र बिनोद के.सी. निर्वाचित भएका छन् । त्यसैगरि निर्देशकहरुमा सुर्यबहादुर के.सि, बिजय कुइकेल, श्रीकृष्ण सुनार र सुमन पहारी रहेका छन् । निर्वाचित अध्यक्ष सन्तोष शाहिले कानुनी सल्लाहकार, महासचिव, कोषाध्यक्ष र सचिवमा क्रमश मिनराज खड्का, शक्ति बरुवाल, अनन्त प्रधानाङ्ग र भाइराज राना मगर मनोनित गरेका छन् ।

अध्यक्षका अर्का प्रत्यासि शिव सापकोटाले सन्तोष शाहीलाइ बर्ष सफल बनाउन रचनात्मक सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्दै सर्वसम्मत् बन्न सहयोग गरेका थिए । शाही यूनिस्टार एजुकेशनका सञ्चालक लगायत बिभिन्न सामाजिक संस्थामा आवद्ध छन्। प्रजातान्त्रिक पद्धतिलाइ अत्यधिक अभ्यास गर्ने जेसिआई पोखराको नेतृत्व यस बर्ष सर्वसम्मत चयन भएकोले पोखरा जेसिजका गतिबिधि अझै परिस्कृत भएर अगाडी बढ्ने बिश्वास निर्वाचन आयूक्त तथा नेपाल जेसिजका राष्ट्रिय उपाध्यक्ष जेसि गोविन्द देवकोटाले ब्यक्त गरे ।

यसअघि कार्यक्रमको उद्घाटन गण्डकी प्रदेशका प्रमुख बाबुराम कुँवरले गरेका थिए । समुद्घाटन कार्यक्रममा गत बर्षको एसइइ परिक्षामा उत्कृष्ट सामुदायिक बिद्यालयतर्फ शितलादेवी मा.वि.लाइ सम्मान पत्रद्वारा सम्मान गरिएको थियो । त्यसैगरि एसइइ परिक्षामा १÷१ जना छात्र÷छात्रालाइ सम्मान गरिनुका साथै पोखरा सराङ्गकोट स्थित मणिज्योति आधारभुत बिद्यालयका २÷२ जना गरिब तथा जेहेन्दार विद्यार्थीलाइ छात्रवृत्ति प्रदान गरिएको थियो । सम्मानित विद्यार्थी र व्यक्तिहरुलाई जेसी आई पोखरा २०१८ का अध्यक्ष शिव सुवेदीले मायाको चिनो तथा सम्मानपत्र प्रदान गरेर सम्मान गरेका थिए ।

You might also like

Comments are closed.