जेसिआई पोखरा र लेडी जेसीको संयुक्त पदस्थापन

आर्थिक आवाज
पोखरा, १८ पुस । जेसिआई पोखरा र जेसिआई पोखरा लेडिको संयुक्त पदस्थापन गरिएको छ । पोखरामा भएको संयुक्त पदस्थापन कार्यक्रममा पोखरा जेसिज २०१८ शिव सुवेदीले २०१९ का अध्यक्ष सन्तोष शाहीलाई र पोखरा लेडि २०१८ का अध्यक्ष सन्तु पौडेलले २०१९ का अध्यक्ष सपना गिरीलाई पिन चेन हस्तान्तरण तथा शपथ ग्रहण गराएका हुन् ।

सोही क्रममा २०१९ का अध्यक्षद्वय सन्तोष शाही र सपना गिरीले सञ्चालक समितिलाई शपथ ग्रहण गराएका थिए । कार्यक्रमको प्रमुख अतिथि नेपाल जेसिज वर्ष २०१९ का अध्यक्ष महेश पौडेलले पोखरा महानगरपालिका वडा नं। २१ का कृष्तिका शिवप्रसाद भुजेललाई नगद १५ हजार ५ सय ५५ रुपैँया हस्तान्तरण गरेर उद्घाटन गरे ।

आर्थिक अवस्था कमजोर भएका भुजेलको खुट्टामा भएको घाउको कारणले खुट्टा काट्नु परेको हुँदा उपचारको लागि उक्त रकम हस्तान्तरण गरिएको हो । उद्घाटन गर्दै कार्यक्रमका पुराना तालिमहरुका सिकाइलाई पुनर्जागरण गर्नुपर्नेमा जोड दिए । उनले नेतृत्व र व्यक्तित्व विकाससंगै अब युवाहरु व्यावसायिक बन्नुपर्ने बताए ।

कार्यक्रममा नेपाल जेसिज २०१९ का कोषाध्यक्ष सुजन श्रेष्ठ, क्षेत्र ख का निरुपित राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष रमेशचन्द्र भुषाल, राष्ट्रिय उपाध्यक्ष गोकुल सापकोटा, पोखरा लेडिका पूर्व अध्यक्ष संगीता पौडेल, पोखरा जेसिजका पूर्व अध्यक्ष प्रदिप रन्जित, इक्यान कास्कीका अध्यक्ष भुवन क्षेत्री लगायतले बोलेका थिए ।

कार्यक्रममा नेपाल जेसिजका राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष रबिन पोख्रेल र अमिश ढकाल, विभिन्न शाखाका अध्यक्ष तथा जेसिज सदस्य तथा पोखरा जेसिज र पोखरा लेडि जेसिजका पूर्व अध्यक्षहरुको उल्लेख्य उपस्थिती थियो ।

सोही अवसरमा १८ देखि ४० वर्ष भित्रका युवाहरुको संस्था पोखरा जेसिजका ४० वर्ष कटेका जेसिज सदस्यहरुलाई अवकास पत्र प्रदान गरिएको थियो । अवकास पत्र प्राप्त गर्ने सदस्यहरु शंकर ढुङ्गाना, विशेश्वर आचार्य, धर्मराज पन्थी, बद्रीनाथ आचार्य र तिलकराम पौडेल छन् ।

पद तथा सपथ ग्रहण गरेका पोखरा जेसिजका अध्यक्ष सन्तोष शाही र लेडिका अध्यक्ष सपना गिरीले वर्षभरी साथ र सहयोगको अपेक्षा गर्दै वार्षिक कार्ययोजना प्रस्तुत गरेका थिए । पोखरा जेसिज २०१९ का अध्यक्ष सन्तोष शाहीको अध्यक्षतामा भएको कार्यक्रममा धन्यवाद ज्ञापन सपना गिरी, स्वागत प्रकाश घिमिरेले गरेका थिए । कार्यक्रम सञ्चालन पोखरा जेसिज २०१९ का महासचिव शक्ति बरुवाल र लेडिका सचिव लक्ष्मी अधिकारिले गरेका थिए ।

You might also like

Comments are closed.