जेसि आई पोखराको ३९ औ अधिबेशन शुक्रबार

पोखरा, ५ मंसिर ।

जेसीआइ पोखराको ३९ औ अधिवेशन तथा ४४ औ बार्षिक साधारण सभा मंसिर ७ र ८ गते शुक्रबार र शनिवार पोखरामा हुने भएको छ । १८ देखी ४० वर्ष भित्रका युवाहरुको नेतृत्व र व्यक्तित्व विकास गर्ने अग्रणी संस्था जेसीआइ पोखराको अधिवेशन तथा साधारण सभा शुक्रबार पोखरा ११ रानिपौवा स्थित रन्जित इभेन्ट सेन्टरमा हुने भएको हो ।

कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । शुक्रबार अपराह्न ५ बजे समुद्घाटन शत्र हुने अधिवेशनको बन्द शत्र शनिबार सोही ठाउँमा हुने जेसीआइ पोखराले जनाएको छ । पहिलो दिन समुद्घाटन पश्चात जेसिआइ पोखराका सदस्यहरु र पुर्व अध्यक्षहरुसँग अन्तक्रिया कार्यक्रम रहेको अधिवेशन निर्देशक जेसि शिव कोइरालाले जानकारी दिए । उनका अनुसार समुद्घाटन कार्यक्रममा बिभिन्न बिधा अन्तर्गत उत्कृष्ट जेसिज सदस्यहरुलाइ बिभिन्न अवार्ड मार्फत पुरस्कृत समेत गरिने छ ।

अधिवेशनबाट बर्ष २०१९ का लागि १ जना अध्यक्ष, १ जना कार्यकारीणी उपाध्यक्ष सहित ४ जना उपाध्यक्ष र ४ जना निर्देशक निर्वाचित हुनेछन् । निर्वाचित अध्यक्षले कानुनी सल्लाहकार, महासचिव, कोषाध्यक्ष सहितको सञ्चालक समिति मनोनित गर्ने प्रावधान रहेको छ । प्रजातान्त्रिक पद्धतिलाइ अत्याधिक अभ्यास गर्ने जेसिआई पोखराको नेतृत्व यस बर्ष सर्व सम्मत नेतृत्व चयन हुनेमा बिश्वस्त रहेको निर्वाचन आयूक्त तथा नेपाल जेसिजका राष्ट्रिय उपाध्यक्ष जेसि गोविन्द देवकोटाले बताए ।

बर्ष २०१९ का लागि ३ जना उम्मेद्वार चुनावी प्रतिश्पर्धामा रहेका छन् । अध्यक्षका लागि जेसि शालिकराम गिरी, जेसि धनबहादुर शाही र जेसि शिव सापकोटा अध्यक्षका दावेदार हुन् । गत बर्षका रनर अप जेसि शालिकराम गिरी गितकार, गजलकार, चर्चित गजल म बिना कसै कसैलाइका रचनाकार तथा गण्डकी बिकास बैंकका बिभागिय प्रमुखको रुपमा कार्यरत छन् । हाल बोर्ड सल्लाहकार रहेका सालिन तथा भद्र छवि बनाएका जेसि धनबहादुर शाही (सन्तोष) यूनिस्टार एजुकेशन कन्सल्टेन्सिका सन्चालक लगायत बिभिन्न सामाजिक संस्थामा आवद्ध छन् भने कानुनी सल्लाहकार जेसि शिव सापकोटा हाम्रो सहकारी संस्था पृथ्विचोकका अध्यक्ष रहेका छन् ।

You might also like

Comments are closed.