जोन्छे ग्रुपले पोखरा भित्र्यायो, विश्वप्रशिद्ध ब्राण्ड वि.एम.डब्लु.का बाइक

आर्थिक आवाज

पोखरा, ६ मंसिर । बहुप्रतिष्ठित जर्मन मोटरबाइक कम्पनी वि.एम.डब्लु. पोखरामा भित्रिएको छ । ऊक्त मोटरसाइकलको यस क्षेत्रको जिम्मेवारी आधिकारिक बिक्रेता जोन्छे ग्रुप अन्तर्गतको जोन्छे मोटरआर्डले पाएको छ । वि.एम.डब्लु. मोटरसाइकलको सोरुम पोखराको नयाँबजारमा बन्दै गरेको छ । गुणस्तरीय रेसिङ र एड्भन्चर्सको लागि विश्व प्रख्यात ब्राण्डलाई पोखरामा भित्र्याउन आफूहरु सफल भएको मोटरआर्डद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रारम्भिक चरणमा दुई मोडलका मोटरसाइकलहरु पोखरामा भित्रिएका छन् । दुई मोडलहरु वि.एम.डब्लु.जी. ३१० आर. र जी ३१० जि.एस. मोटरसाइकलहरु पोखरामा भित्रिएको हो । विश्वस्तरीय सोरुम तथा सर्भिस सेन्टरको निर्माण समेत पोखराकै नयाँ बजारमा सुरु भइसकेको छ ।

‘नौ लाख ५० हजार रुपैयाँबाट बिक्री सुरु हुने यी मोटरसाइकलका मोडलहरु सिटी र एड्भेन्चर्स दुबैको लागि उपयुक्त छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘यस ठाउँको भूगोल र आवश्यकतालाई मध्यनजर गरेर जोन्छे ग्रुपले पोखरामा यो ब्राण्ड भित्र्याएको हो ।’ अन्य ब्राण्डका मोटरलाइकल भन्दा भिन्नता भएकाले धेरैको रोजाईमा वि.एम.डब्लु पर्ने कम्पनीको दावी छ । ‘कच्ची र पक्की दुबै सडकका यो बाइक अति नै उपयुक्त छ,’ विज्ञप्तिमा उल्लेख छ ।

विश्वविख्यात ब्राण्ड, बलियो र हेर्दासमेत लोभलाग्दो तथा आकर्षक देखिने वि.एम. डब्लु. मोटरसाइकलको बुकिङ खुल्ला भइसकेको सेल्स इन्चार्ज सुनिल रिमालले जानकारी दिए । तत्कालको लागि एक लाख रुपैयाँ बुझाएर मोटरसाइकल किन्न चाहनेहरुले बुकिङ गर्न सक्ने उनले बताए । ‘बुकिङको लागि नयाँ बजारमा रहेको सोरुममा सम्पर्क गर्न सकिन्छ,’ उनले भने । थप जानकारीका लागि मोबाइल नम्बर ९८०२८३१७५७ र ०६१–४३२०९५ मा सम्पर्क गर्न सकिनेछ ।

You might also like

Comments are closed.