जोन सातको तेस्रो जोन मिटिङ सम्पन्न

पोखरा, १० फागुन ।

लायन्स क्लब इन्टरनेसनल डिष्ट्रिक ३२५ बि १ नेपाल अन्तर्गत रिजन ४ जोन ७ को तेस्रो जोन मिटिङ बिहीबार सम्पन्न भएको छ । जोन अन्तर्गतका लायन्स क्लब अफ पोखरा गार्डेन सिटी, पोखरा हेल्पफुल ह्यान्डस्, पोखरा पिस हिमालयन सिटी र पोखरा लायन्स सिटीका अध्यक्ष तथा पदाधिकारी सहभागी थिए ।

कार्यक्रममा डिष्ट्रिक्टका सिनियर एडभाइजर राजेन्द्र कुमार बाटाजू, रिजन चियरपर्सन बिनोद ढुंगाना, डिष्ट्रिक्ट मेम्बर सुरेन्द्र पौडेल लगायतले बोलेका थिए । जोन चियरपर्सन भेषराज प‍ोखरेलको अध्यक्षतामा कार्यक्रम भएको हो ।

You might also like

Comments are closed.