ज्योतिको नाफा १९ प्रतिशतले वृद्धि

काठमाडों, ९ माघ । ज्योति विकास बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रैमासमा खुद मुनाफामा १७ करोड ४ लाख रुपैयाँ कमाउन सफल भएको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले मुनाफा १४ करोड २५ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो । यस वर्षको नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनाभन्दा १७ दशमलव ६० प्रतिशतले वृद्धि हो ।

बैंकको चुक्ता पुँजी २ अर्ब ५९ करोड ३६ लाख रुपैयाँ छ । जगेडाकोषमा ४५ करोड ७४ लाख, निक्षेपमा २३ अर्ब ५८ करोड ४८ लाख, कर्जामा २० अर्ब ३३ करोड ३९ लाख रुपैयाँ छ । कम्पनीले निक्षेपमा ७६ दशमलव ९२ प्रतिशतले र कर्जामा ६६ दशमलव ६६ प्रतिशतले वृद्धि गरेको विज्ञप्तिमा उल्लेख छ ।

You might also like

Comments are closed.