झिनुवाटरमा लायन्सको बृहत स्वास्थ्य शिविर, ७ सय ५०जना बढीको स्वास्थ्य परिक्षण

आर्थिक आवाज
तनहुँ २१ पुस ।
तनहुँको व्यास नगरपालिका वडा नं ९ झिनुवाटर स्थित माहेन्द्री माध्यामिक विद्यालयमा शनिवार निशुल्क बृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
लायन्स क्लब अफ तनहुँ, लायन्स क्लब अफ पोखरा समर्पण,लायन्स क्लब अफ पोखरा लेकसाइड, लायन्स क्लब अफ पोखरा समृद्धि र लायन्स क्लब अफ पोखरा स्वर्णीण सिटीको संयुक्त आयोजनामा निशुल्क बृहत स्वास्थ्य शिविर सम्पन्न भएको हो । चितवन मेडिकल कलेज चितवनको प्राविधिक सहयोगमा सञ्चालित शिविरबाट ७ सय ५० भन्दा बढीले स्वास्थ्य सेवा लिएका थिए ।

शिविरमा बालरोग , नाक कान घाटीँ, दातँ रोग , प्रसुती तथा स्त्री रोग विशेषज्ञ, हाड जोर्नी तथा नसा रोग विशेषज्ञद्धारा विभिन्न १० रोगको परिक्षण गरिएको थिए ।

सोही अवसरमा ईसीजी, माइनर सर्जरी, सुगर परिक्षण , भिडियो एक्स रे लगायतको सेवा समेत प्रदान गरिएको थियो । साथै बिरामीलाई रोग अनुसार निशुल्क औषधी पनि वितरण गरिएको लायन्स क्लब अफ तनहुँका अध्यक्ष प्रतापसिंह गुरुङले जानकारी दिए ।

कार्यक्रमको उद्घाटन गर्दै व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले  लायन्स क्लबले सामाजिक सेवामा गरेका कार्य उत्कृष्ट रहेको बताएका थिए ।

लायन्स क्लब अन्र्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ बी १ नेपालका डिष्ट्रिक्ट गभर्नर अशोक श्रेष्ठले लायन्स सेवामा रमाउने संस्था भएको बताएका थिए । दिएर बाचौँ भन्ने भावनालाई आत्मसाथ गर्दै लायन्स क्लब शिक्षा, स्वास्थ्य र अन्य सामाजिक सेवामा सक्रिय रहेको उनको भनाई थियो
कार्यक्रममा वडा अध्यक्ष सुरेश थापा, जोन चेयर पर्शन बिन्दुकुमारी श्रेष्ठ लगायतले बोलेका थिए । लायन्स क्लब तनहुँका अध्यक्ष गुरुङको अध्यक्षतामा सम्पन्न उक्त स्वास्थ्य शिविरलाई लियो क्लब अफ तनहुँ, स्थानीय संगम युवा क्लब र फ्रेन्डस युवा क्लबले सहयोग गरेका थिए ।

You might also like

Comments are closed.