टाटाको नयाँ टिगोर पोखरामा

आर्थिक आवाज
पोखरा, १३ मंसिर ।

टाटा मोटर्सको नेपालका लागि एक मात्र आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रा.लिले पोखरामा नयाँ टाटा टिगोर भित्र्याएको छ । एक्स्पो पोखरामा एक कार्यक्रमका विच गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्विसुव्वा गुरुङले गाडीको बिक्री शुभारम्भ गरे । सिप्रदीको पोखरा क्षेत्रका लागि आधिकारिक बिक्रेता दीप मोटर्स प्रालिले पोखरामा टिगोरको बिक्री सुरु गरेको हो ।

टिगोर गाडीको बाहिरी तथा भित्री बनावट दुवै आर्कषक छ । पेट्रोलबाट चल्ने सेडानको सुरु मूल्य २७ लाख ५५ हजार रहेको कम्पनीले जनाएको छ । नयाँ टियोगोमा भएको ब्रेक फ्री कुपरुफलाइनल र डुयल चेम्वर प्रोजेक्टर हेडल्याम्पसले यसलाई आर्कषक बनाएको छ । ओभिआरएम्समा फोल्ड फङ्सन भएको लिड टर्न ईन्डिकेटर र १५ ईन्च टायरमा डुयल कलर रहेको सेडान ६ रङमा उपलब्ध छ ।

टोमेटेड तापक्रम कन्ट्रोल सिस्टमले क्याविनको वरिपरी समयानुकुलित हुन्छ । सुरक्षाको हिसावले पनि यो गाडी राम्रो छ । डुयल एयर ब्याग यसमा रहेका छन् । एन्टलिक ब्रेकिङ सिस्टम पनि यसमा रहेको छ । सवै सिस्टम राम्रो भएकोले पनि ग्राहकको रोजाईमा पर्ने कम्पनीको दावी छ ।

You might also like

Comments are closed.