टाटामा क्यास २ लाख वा आइफोन एक्स र एक लाख छुट

आर्थिक आवाज

नेपालीको महान चाँड दशैं र तिहारको अवसरमा टाटा कम्पनीले क्यास २ लाख छुट दिइरहेको छ । टाटाले दशैं र तिहारको अवसरमा नगद २ लाख छुट वा आइफोन एक्स र नगद १ लाख रुपैयाँ छुट दिदै आएको हो ।

टाटाको टाटा टियागो, टाटा टिगोर र टाटा सेक्सनमा दुई अप्सन मध्ये कुनै एक अप्सन ग्राहकले रोज्न पाउने अफर रहेको टाटाको गण्डकी धौलागिरीको डिलर दीप मोटर्स प्रालिका मार्केटिङ ईञ्चार्ज रवीन्द्र केसीले जानकारी दिए ।

क्यास अफर बाहेक दशैं र तिहारको अवसरमा टाटाले एक वर्षको ईन्सुरेन्स फ्रि गरेको छ भने तीस हजार रुपैयाँको एसेसरिज सामान फ्रिमा उपलब्ध गराउने इञ्चार्ज केसीले बताए ।

टाटाको टियागो र टिगोरमा स्पट फाइनान्सको सुविधा रहेको दीप मोटर्स प्रालिले जनाएको छ । जस अन्तर्गत डाउन पेमेन्टबाहेक मासिक १६ हजार बुझाएर गाडी खरिद गर्न सकिने ईञ्चार्ज केसीले जानकारी दिए ।

दीप मोटर्स प्रालिले दशैं र तिहारको अवसरमा टाटा सुमोमा स्पेसल छुट दिइरहेको जनाएको छ । सीमित समयको लागि लागू गरिएको यो अफर अन्तर्गत नगद १ लाख छुट, ६ वर्षे अवधीका लागि १०.५ प्रतशितमा फाइनान्स सुविधा, एक वर्षको ईन्सुरेन्स फ्रि र रोड ट्याक्स फ्रि रहेको केसीले बताए ।

एक हप्ता अगाडिदेखी शुरु भएको यो अफर तिहारसम्म जारी रहने दीप मोटर्स प्रालिले जनाएको छ । टाटाको नेक्सन गाडीको माग र टेस्ट ड्राइभ बढिरहेको ईञ्चार्ज केसीले बताए । उनका अनुसार नेक्सनको ३४ लाख ९५ हजारदेखि ४६ लाख ८५ हजार रपैयाँसम्मका गाडी दीप मोटर्स प्रालिमा उपलब्ध छन् ।

दीप मोटर्स प्रालिमा २४ लाख ९५ हजार पर्ने टाटाको टियागो गाडीदेखि ९१ लाख ५५ हजार पर्ने हेक्जा गाडीसम्म उपलब्ध छ ।

footwear
सम्बन्धित खवर
baba hardware
टिप्पणिहरु
Loading...