काठमाडौं । नेपाल भित्रिएको करिब एक वर्षको अवधिमा एक हजार भन्दा बढी टाटा नेक्सन कार बिक्री भएको छ । टाटाको कम्प्याक्ट एययूभी ‘नेक्सन’ लाई टाटा मोटर्सका लागि नेपालको आधिकारिक विक्रेता सिप्रदी ट्रडिङ प्रालिले झण्डै एक वर्षको बीचमा यति धेरै संख्यामा बिक्री गरेको बताएको छ ।
कम्पनीका अनुसर यो गाडीलाई धेरै ग्राहकले रुचाएका छन र निकै राम्रो भएको प्रतिक्रिया दिएका छन् । अहिले नेपाली कार बजारमा बढी चर्चामा रहेका कारमध्ये टाटा नेक्सन एक हो । टाटा नेक्सन लन्च पश्चात यसमा विभिन्न अपग्रेड समेत गरिएको छ । यसमा पहिलो पटक एएमटी इक्विपमेन्ट समेत राखिएको छ । त्यसैगरी यसको इन्फोटेनमेन्ट सिष्टमलाई पनि अपग्रेड गरिएको छ ।
केही दिन पहिले मात्र एप्पल कार प्ले फिचर समावेश गरिएको छ । यो भन्दा पहिले यसमा एन्ड्रोइड अटो मात्र उपलब्ध थियो । केही समय पहिले नेक्सनले ग्लोबल एनक्याप टेष्टमा फोर स्टार रेटिङ प्राप्त गरेको सार्वजनिक भएको थियो । यसबाट टाटा नेक्सनले भारतकै एक सुरक्षित र सस्तो कारको पहिचान कायम गरेको छ ।
नेक्सनमा १.२ लिटरको ३ सिलिण्डरयुक्त रेभोट्रोन इन्जिन छ । डिजेल भर्सनमा भने १५ सय सीसीमा ४ सिलिन्डरको रेभोटर्क इन्जिन छ । पेट्रोल इन्जिनले ११० पीएसको पावरका साथमा १७० एमएमको टर्क उत्पादन गर्छ । डिजेल इन्जिनले भने १०९ पीएसमा २६० एनएमको टर्क दिन्छ । दुबै भर्सनमा ६ स्पिड म्यानुअल ट्रान्समिसन छ ।
सहज ड्राइभिङका लागि ४ वटा मोडको विकल्प छ । इको, सिटी र स्पोर्ट मोडमा गाडी चलाउन सकिन्छ । केही समय पहिले यसको अर्को भर्सनको रुपमा नेक्सन क्राज समेत नेपाली बजारमा आइसकेको छ । टाटा नेक्सनको मूल्य नेपाली बजारमा ३४ लाख ९५ हजार देखि ४६ लाख ९० हजार रुपैयाँ सम्म छ । त्यसैगरी नेक्सन क्राजको मूल्य ३९ लाख ९५ हजारदेखि ४३ लाख ८५ हजार रुपैयाँसम्म छ ।






Comments are closed.