सुरेन्द्र पौडेल
पोखरा, २६ साउन । टान पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराको अध्यक्षमा हरि भुजेल निर्वाचित भएका छन् । भुजेलले ६४ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी भोजकुमार श्रेष्ठको पक्षमा ५३ मत खस्यो । अध्यक्षमा विजयी भुजेल यस अगाडिको कार्य समितिमा प्रथम उपाध्यक्ष भएर काम गरेका थिए ।
अध्यक्षमा विजयी भुजेलले सम्पूर्ण व्यवसायीलाई समेटेर टानको नेतृत्व गर्ने प्रतिबद्धता गरेका छन् । ‘टानको गरिमालाई अझ उच्च बनाउने अभियानमा लाग्छु,’ उनले भने, ‘सम्पूर्ण व्यवसायीबाट साथ र सहयोग पाउनेमा विश्वस्त छु ।’
शनिबार सम्पन्न २५ औं साधारणसभा तथा १५औं अधिवेशनबाट टानको प्रथम उपाध्यक्षमा सुशीलराज पौडेल ६३ मत ल्याइ विजयी भएका छन् । प्रतिस्पर्धी विश्वराज अधिकारीको पक्षमा ५४ मत खसेको छ । द्वितीय उपाध्यक्षमा धर्मराज पन्थी ५३ मत ल्याइ विजयी भएका छन् । प्रतिस्पर्धी दिवस लामिछानेको ४४ र श्यामकृष्ण थापाको १७ मत आएको छ ।
सचिवमा जीवनराज सापकोटा विजयी भएका छन् । सापकोटाको पक्षमा ५२ मत खसेको छ भने प्रतिस्पर्धी रामचन्द्र अधिकारीको पक्षमा ४० र मीलन तिवारीको पक्षमा २३ मत खस्यो । कोषाध्यक्षमा ८१ मत ल्याई कृष्णप्रसाद आचार्य विजयी भए भने प्रतिस्पर्धी किसम कुमारी गुरुङको पक्षमा ३६ मत खसेको छ । सहसचिवमा उदय सुवेदी ६९ मत ल्याइ विजयी हुँदा उनका प्रतिस्पर्धी थानेश्वर बरालको पक्षमा ४४ मत प्राप्त भएको प्रमुख निर्वाचन आयुक्त वसन्तराज दवाडीले जानकारी दिए ।
सदस्यमा प्रकाश बस्ताकोटी (८६ मत), विश्वहाङ राई (७२ मत), राधिका पौडेल (७२ मत), कालीबहादुर नेम्वाङ (७१ मत), विकास गुरुङ (६९ मत) र रेशम अधिकारी (५५ मत) विजयी भएका छन् । ६ सदस्यका लागि ११ जनाको उम्मेदवारी परेको थियो ।
Comments are closed.