टान अध्यक्षमा हरि र भोजकुमार, वरिष्ठमा सुशील र विश्व, सचिवमा ३ जनाको प्रतिस्पर्धा

पोखरा, १९ साउन । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराको १५औं अधिवेशन साउन २६ गते शनिबार हुने भएको छ । चुनाव मिति नजिकिएसँगै उम्मेदवारहरु आआफ्नो पक्षमा माहोेल बनाउन अग्रसर बनेका छन् ।

शुक्रबारका लागि तोकिएको मनोनयनमा सबै पदमा २ वा त्यो भन्दा बढीको उम्मेदवारी परेको छ । उम्मेदवारी अनुसार टानमा मतदानबाटै नयाँ नेतृत्व चयन हुने देखिन्छ । टानको नेतृत्व लिन अध्यक्षमा युवा व्यवसायी हरि भुजेल र भोज कुमार श्रेष्ठको उम्मेदवारी परेको छ । दुवैले आआफ्नो जीत हुने दावी गरेका छन् ।

दुई वर्षे कार्यकालको लागि हुने निर्वाचनमा प्रथम उपाध्यक्षमा सुशील पौडेल र विश्वराज अधिकारी तथा द्वितीय उपाध्यक्षमा दिवस लामिछाने, धर्म पन्थी र श्याम थापाले उम्मेदवारी दिएका छन् । सचिवमा मीलन तिवारी, जीवनराज सापकोटा र रामचन्द्र अधिकारीको उम्मेदवारी परेको छ भने कोषाध्यक्षमा कृष्ण प्रसाद आचार्य र किसन कुमारी गुरुङको उम्मेद्वारी परेको छ । ६ जना सदस्यका लागि १२ जनाको उम्मेद्वारी परेको छ । निर्वाचित अध्यक्षले दुई जना सदस्य मनोनित गर्ने विधानमा व्यवस्था छ ।

footwear
सम्बन्धित खवर
baba hardware
टिप्पणिहरु
Loading...