टायर किन कालो हुन्छ ? यस्तो छ कारण

काठमाडौं, ४ पुस । हामीले गाडीमा प्रयोग गर्ने टायर धेरैजसो कालो हुन्छ । टायर रबरबाट बन्छ । रबर कालो हुँदैन । तर टायर किन कालो हुन्छ भन्ने वारेमा कौतुहल लाग्नु स्वाभाविक पनि हो । टायर बनाउने प्रक्रियालाई भल्कनाइजेसन भनिन्छ । टायर निर्माण प्रक्रियामा रबरसँग कालो कार्बन मिसाइन्छ । साधारण रबरयुक्त टायर १० हजार किलोमिटर चल्छ भने कार्बनयुक्त टायर करिब १ लाख किलोमिटर चल्न सक्छ ।

यति मात्र होइन, साधारण टायर भयो भने यो सडकमा घिसिने र छिटो बिग्रिने सम्भावना बढी हुन्छ । कार्बन र सल्फरको कारण यो घिसिने सम्भावना पनि कम हुन्छ र लामो समय चल्छ । कार्बन पनि विभिन्न प्रकारका हुन्छन् । त्यसैले रबर अनुसारको कार्बन टायरका लागि प्रयोग गर्नुपर्छ । टायरमा कार्बन प्रयोग गरिएका कारण यसले सूर्यको अल्ट्राभ्वाइलेट किरणबाट पनि बचाउछ । कार्बन प्रयोग भएकाले टायर घिस्रिएमा पनि कालो धुँवा निस्कन्छ ।

यद्यपि केटाकेटीको साइकल र अन्य केही सवारी साधनमा प्रयोग गरिएको टायर भने कालो हुँदैन । यी टायरमा कार्बन प्रयोग गरिएको हुँदैन र यसका कारण यी टायर लामो समय टिक्दैनन् । यस्ता टायरलाई निम्न कोटीको टायर भनिन्छ । यसरी रबरमा कार्बन र सल्फरको प्रयोग गरिएका कारण टायरको रङ पनि कालो भएको हो ।

You might also like

Comments are closed.