टिभिएसका अपाचे आरटिआर २०० फोरभीको नयाँ बाइक पोखरामा

काठमाडौ. । टिभिएस मोटर कम्पनीले नयाँ स्टाइल, अत्याधुनिक सुविधाहरु र जज्जबको रेसिङ क्षमता भएको अपाचे आरटिआर २०० फोरभी को नयाँ बाइक गण्डकी धौलागिरी क्षेत्रमा सार्वजनिक भएको छ । गण्डकी धौलागिरी क्षेत्रको आधिकारिक बिक्रेता बतास व्रदर्श प्रालिले उक्त बाइक मंगलबार सार्वजनिक गरेको हो ।

बतास व्रदर्शका चिफ अपरेटिङ अफिसर राजेश रानाभाटले उक्त बाइक सार्वजनिक गरेका हुन् । टिभिएस अपाचे आरटिआर २०० फोरभीको नयाँ मोडल आधुनिक स्मार्ट कनेक्ट सुविधायुक्त रहेको प्रवन्धक सन्तोष पोरखेलले बताए ।

टिभिएस मोटर कम्पनी, विश्वव्यापी रुपमा टू–ह्वीलर तथा थ्री–ह्वीलरको ख्यातिप्राप्त निर्माता कम्पनीले अत्याधुनिक प्रविधिको, सुविधा सम्पन्न अपाचे आरटिआर २०० फोरभि को नयाँ २०२० संस्करण सार्वजनिक गरेको हो । नेपालमा टिभीएस मोटर कम्पनीद्वारा उत्पादन गरिएका सम्पूर्ण सामग्रीहरु, कम्पनीको नेपालस्थित आधिकारिक वितरक जगदम्बा मोटर्स प्राइभेट लिमिटेडले भित्र्याउने गरेको छ ।

मोटरसाइकलमा ब्लुतुथ कनेक्ट प्रणाली मार्फत रेस टेलिमेट्री, टर्न बाई टर्न नेभिगेसन,लीन एङ्गल मोड, साथै कल र एसएमएस एलर्ट जस्ता आधुनिक सेवा जडान गरिएका छन् जसले बाटोमा यात्रा गर्दा अरु मोटरसाइकल भन्दा अतिरिक्त फाइदा दिने कम्पनीको विश्वास छ । मोटरसाइकलमा एबिएस विथ आईएलपि ९ रियर व्हील लिफ्ट (अफ् प्रोटेक्सन), फेदर टच स्टार्ट, रेडिएल टायर, एलइडि हेडलाइट, नयाँ रेसिङ ग्राफिक्स र आधुनिक स्लिपर क्लच जस्ता सुविधा समेत रहेको रानाभाटले बताए । ‘यो एउटा स्मार्ट र अनबिटेबल मोटर साइकलको रुपमा प्रस्तुत भएर आएको छ,’ उनले भने ।

पोखरामा सुविधा सम्पन्न अपाचे आरटिआर २०० फोरभिको नयाँ २०२० संस्करण भित्र्याउन पाउँदा खुसी लागेको वतास व्रदर्श प्रा.लि.का कार्यकारी निर्देशक प्रमेश पराजुलीले बताए । ‘यो मोटरसाइकलले पोखरामा एविएस एवम् पावरफुल सुविधा भएको मोटरसाइकल मन पराउने ग्राहकलाई खुशी बनाउने हाम्रो प्रतिवद्धताको एउटा प्रमाण रहने छ,’ उनले भने ।

यो अपाचे आरटिआर २०० फोरभिको नयाँ २०२० संस्करणमा १९७.७५ सिसि एकल सिलिण्डर, ४ स्ट्रोक, ४ भल्भ, ओएल कुल्ड इन्जिन मोटर छ । जसले ८५०० आरपिएममा २०.५पिएस र ७००० आरपिएममा १८.१ एनएम पावर उत्पादन गर्दछ । यो मोटरसाइकल दुइ ओटा मनमोहक रङ्गमा सायीनिङ कालो र पर्ल सेतो रङ्गमा नेपालमा उपलब्ध हुनेछ ।
आफ्नो ३७ बर्षको गौरवान्वित रेसिङ्ग विरासतलाई जिवन्त राख्दै टिभिएसले विश्वका ६० भन्दा ज्यादा मुलुकहरुमा झन्डै ३ करोड ३५ लाख ग्राहकलाई प्रविधि, शक्ति, सहजता र स्टायलको मामलामा आफ्ना यस अघिका बिभिन्न मोडल मार्फत सन्तुष्ट बनाउँदै आइरहेको कम्पनीले जनाएको छ ।

टिभिएस अपाचे आरटिआर २०० ४भि

टिभिएस अपाचे आरटिआर २०० ४भि को नयाँ संस्करण पोखरामा लन्च भएको छ । आधिकारिक बिक्रेता बतास व्रदर्श प्रालि नयाँबजार पोखराले मंगलबार उक्त बाइक सार्वजनिक गरेको हो ।

Gepostet von Arthik Awaj am Dienstag, 18. August 2020

You might also like

Comments are closed.