पोखरामा टिभिएस जुपिटर क्लासिकको विक्री सुरु

पोखरा, फागुन ९ ।
टिभिएस व्राण्डको जुपिटर क्लासिक स्कुटरको वुधवारवाट पोखरामा औपचारिक रुपमा विक्री सुरु गरिएको छ ।
गण्डकी धौलागिरी क्षेत्रको आधिकारिक विक्रेता बतास व्रदर्श प्रालिले एक कार्यक्रम आयोजना गरि विक्री सुरु गरेको हो ।

टिभिएसको व्राण्ड एम्वेष्डर नायक आयुश्मान जोशी र नायिका प्रियंका कार्की तथा वतास व्रदर्शका चिफ अपरेशन अफिसर राजेश रानाभाट, जगदम्वा मोटर्स प्रालिका मार्केटिङ मेनजेर विक्रम पौडेल र वतास व्रदर्शका विक्री प्रवन्धक सन्तोष पोखरेलले संयुक्त रुपमा स्कुटर अनावरण गरेका हुन् ।

स्कुटर लन्चिङ अगाडी नयाँबजार शोरुमवाट सुरु भई बजारका विभिन्न भागहरुमा जुपिटर क्लासिकको वाईक ¥याली समेत गरिएको थियो । जसमा नायक नायिकाहरु समेत सहभागि भए ।

नयाँ जुपिटर क्लासिक यस अघि नै नेपाली बजारमा युवाहरुमाझ लोकप्रिय रहेको र पहिलो दिनमानै १७ वटा वुकिङ भएको विक्री प्रवन्धक सन्तोष पोखरेलले बताए । ‘आज औपचारिक रुपमा विक्री सुरु गर्दा नै ग्राहकहरुको राम्रो प्रतिक्रिया प्राप्त भयो’। पोखरेलले भने ‘ टिभिएसका अन्य मोडल जस्तै जुपिटर क्लासिक पनि गण्डकी धौलागिरीमा पहिलो नम्वरमा पर्ने विश्वास लिएका छौँ ।’ जुपिटर क्लासिकको मुल्य १ लाख ८९ हजार ९ सय रुपैयाँ रहेको छ ।

क्लासिक संस्करणमा सनलाइट आइभोरी बडी कलर, डिकल्स, इलिगेन्ट फुलक्रोम मिरर, क्रोम बास्केट, आर्कषक डिजाइन, स्मार्ट युएसबी चार्जर, आरामदायी २ जना बस्न मिल्ने सिट लगायतका विशेषता छन् ।

चालकलाई सुखद अनुभूति र उच्च गति प्रदान गर्ने टिभिएस जुपिटर सडकमा समेत निकै आर्कषक देखिन्छ । ‘पूर्णत मेटल बढिमा निर्माण भएको जुपिटर क्लासिक सडकमा गुडाउँदा उच्चकोटीको साधन देखिन्छ’ जगदम्वा मोटर्सका मार्केटिङ मेनेजर बिक्रम पौडेलले भने‘ चलाउन निकै सजिलो यो स्कुटरमा टिभिएस प्याटेन्ट इकोमिटर जडान गरिएको छ । यसवाट इको मोड र पावर मोड दुबैमा चलाउन सकिन्छ ।’
साथै कार्यक्रममा कलाकार सुरज थापाले सांगितिक प्रस्तुती राखेका थिए ।

You might also like

Comments are closed.