काठमाडौं । नेवार, तामाङ, थारू आदि समुदायमा ट्याटू खोप्नुलाई संस्कृतिका रुपमा अनुसरण गरिन्छ । संस्कृतिका रुपमा हुर्केको ट्याटु अहिले युवा पुस्ता माझ फेसनको रुपमा बाड्दो छ । तिनै ट्याटु प्रेमी युवाहरूलाई लक्षित गरी यही फागुन २३ र २४ मा रेन्बो जुम्बा एण्ड डान्स स्टुडियो र जेकेयस इन्टरटेन्टमेन्टले संयुक्त रूपमा ‘टुबोर्ग ललितपुर ट्याटु कन्भेन्सन’को आयोजना गर्ने गरेको छ ।
नाखिपोट, बास्केट बल कोर्ट, ललितपुर हुने कार्यक्रमको उद्देश्य ललितपुरका ट्याटु कलाकारहरुलाई अवसर प्रदान गरेर ट्याटु कलाको प्रवद्र्धन गर्ने साथसाथै ट्याटु कलाको महत्वबारे बुझाउने पनि रहेको छ । यस कार्यक्रममा ललितपुरका लगभग ३० ट्याटु कलाकारहरुले भाग लिदै छन् ।
कायक्रममा मनोरञ्जन प्रदान गर्ने उद्देश्यका साथ नेपालका चचित कलाकार र सांगीतिक ब्याण्डले गीत संगीत प्रस्तुत गर्ने बताइएको छ । प्रत्यक्ष सांगीतिक कोसेलीका लागि ब्यान्ड सबिन राई र फारो, नेपाली भ्लगर चेतनराज कार्की, लास्ट मिनेट यामान, र ‘दि मेमोरिया’ले आ–आफ्नो प्रस्तुति प्रदर्शनी दिनेछन् ।
टुबोर्गले मुख्य प्रायोजन गरेको कार्यक्रममा मेगा अटो सर्भिस एण्ड मेन्टिनेन्स, भुवनेश्वरी माता इन्भेस्टमेन्ट, द प्रीसियस आर्ट, आभा मोशन पिक्चर, र आइडियल कन्स्ट्रक्सनले साथ दिएका छन् ।
Comments are closed.