‘टुर दी पोखरा’ पुस १४ गते

आर्थिक आवाज

पोखरा, ७ पुस । पर्यटन प्रवद्र्धनका लागि हरेक वर्ष आयोजना गरिदै आएको ‘टुर दी पोखरा’ यस वर्ष पुषको दोश्रो साता हुने भएको छ । साईकल सिटी पोखराको आयोजनामा यहि पुष १४ गते ‘टुर दी पोखरा’को चौथो संस्करण हुने शनिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

साइकल सिटी पोखराले साइकल चढ्नका लागि प्रोत्साहन गर्दै पर्यटन प्रवद्र्धनका लागि ‘टुर दी पोखरा’को नाममा साइकल ¥याली गर्दै आएको छ । यस वर्ष ‘बर्न फ्याट नट फ्यूल’ भन्ने नाराका साथ ‘टुर दी पोखरा’को साइकल ¥याली निकालिने साइकल सिटी पोखराका अध्यक्ष तथा कार्यक्रम संयोजक प्रकाश बज्राचार्यले जानकारी दिए ।

jutta mela

कार्यक्रम अन्तर्गत पुष १४ गते शनिबार विहान बृहद् साइकल ¥याली निकालिनेछ । विहान ७ बजे पोखरा रंगशालाबाट शुरु हुने ¥याली ३० किलोमिटरको हुनेछ । पोखरा रंगशालाबाट शुरु भएको ¥याली बुद्धचोक, अमरसिंहचोक, चाउथे, कास्की मोर्डनाइज्ड स्कुल, ढिकालेथर, हस्पिटलचोक, रानीपौवा, महेन्द्रपुल, तेर्सापट्टी, भैरवटोल, मोहरियाटोल, बगर, हरिचोक, बागलुङ बसपार्क, जिरोकिलोमिटर, हल्लनचोक, वाराहीचोक, राष्ट्रवैंकचोक, विरौटाचोक, मुस्ताङचोक, नागढुंगा, पृथ्वीचोकहुँदै पुनः पोखरा रंगशाला पुगेर समापन हुने संयोजक बज्रचार्यले जानकारी दिए ।

प्राकृतिक रुपले सिंगारिएको पोखराको पर्यटन प्रवद्र्धन गर्नु नै कार्यक्रमको प्रमुख उद्धेश्य रहेको बज्रचार्यले बताए । उनले साइकल चढ्दा वातावरण प्रदुषण पनि नहुने र व्यक्ति स्वयम् पनि स्वस्थ रहनेबारे जनचेतना जगाउनुपनि कार्यक्रमको उद्देश्य रहेको बताए ।

पत्रकार भेटघाटमा साइकल सिटी पोखराका सल्लाहकार तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले साइकलको महत्व बुझाउन सके प्रदुषण घटाउन सकिने र त्यसबाट विरामीको संख्यापनि बढ्ने बताए । साथै ‘टुर दी पोखरा’ कार्यक्रमले पोखरालाई ब्राण्डिङ गर्दै पर्यटन प्रवद्र्धनमा पनि सघाउने बताए ।

‘टुर दी पोखरा’मा सहभागि हुन चाहनेले अग्रिम नाम दर्ता गर्नुपर्ने आयोजकले जनाएको छ । आयोजकका अनुसार नाम दर्ता २ किसिमबाट गर्न सकिनेछ । साइकल आफैले ल्याउनुपर्ने कार्यक्रममा एक हजार शुल्क तिर्नेले विनप्रुफ ज्याकेटका साथमा मेडल, मिनरल वाटर र खाजा प्राप्त गर्नेछन् भने एक सय शुल्क तिर्नेले खाजा, मिनरल वाटर र मेडल मात्र प्राप्त गर्ने संयोजक बज्राचार्यले जानकारी दिए । कार्यक्रमको अवसरमा साइकलको क्षेत्रमा महत्वपूर्ण योगदान दिएका एक जना पोखरेलीलाई सम्मान गरिने आयोजकले जनाएको छ । यद्वपि हालसम्म व्यक्ति छनौट भने भइनसकेको साइकल सिटी पोखराका अध्यक्ष प्रकाश बज्राचार्यले बताए ।

You might also like

Comments are closed.