आशिष गुरुङ
प्रवन्ध निर्देशक
प्रोफेसनल ट्रेडिङ हाउस, पोखरा
पोखरामा वि.सं. २०५४ सालमा स्थापित प्रोफेसनल कम्प्युटर सेन्टर अहिलेसम्म निरन्तर रुपमा सूचना तथा प्रविधिको व्यावसायिक क्षेत्रमा सक्रिय रहँदै आइरहेको छ । सुरुमा कम्प्युटर तालिमबाट सुरु भएको यो संस्थाले २०५७ बाट प्रोफेसनल ट्रेडिङ हाउस नामबाट सामानहरु बिक्री वितरण सुरु गरेको हो ।
पोखरा ९ चिप्लेढुङगा मार्गमा रहेर हामीले विभिन्न ब्राण्डका सामानहरु सुपथ मूल्यमा बिक्रीवितरण गर्दै आइरहेका छौं । डेल, एचपि, ब्रदर्श लगायतका ब्राण्डको डिलर भएर काम गरिरहेका छौं भने जेरक्सको आधिकारिक बिक्रेता भएर सेवा प्रदान गरिरहेका छौं ।
यस वर्षदेखि ग्राहकहरुको सुविधालाई ध्यानमा राखेर टेक्नस कम्पनीको स्मार्ट टिभी पोखरा क्षेत्रमा भित्र्याएका छौं । पोखरामा जारी क्यान इन्फोटेकमा यो ब्राण्डलाई विशेष छुटमा बिक्री गरिरहेका छौं । इन्फोटेकका अवसरमा पोखरामा भित्रिएको यो स्मार्ट टिभीलाई एक महिनासम्म विशेष छुटका साथ बिक्री गर्नेछौं । महिना दिनसम्मका लागि ३२ इन्चभन्दा माथिको टिभी खरिदमा निःशुल्क डिस होम उपलब्ध गराइनेछ ।
टेक्नस ताइवानी कम्पनी हो । ५५ र ४९ इन्चको टिभीलाई बढी प्राथमिकतामा राखेर बिक्री गरेका छौं । होटलहरुको लागि विशेष अफर रेटमा उपलब्ध गराइने छ । यो ब्राण्डप्रति पोखरा क्षेत्रमा धेरैको आकर्षण देखिने हामीले विश्वास लिएका छौं ।
Comments are closed.